Close This

नेपाली बजारमा भन्सार छलीका सामानको रजाइ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-९ गते   २६६ पटक हेरिएको

 सर्लाहीमा व्यापक रुपमा चोरीतस्करी तथा लागुऔषधको ओसारपसार  बढेको छ । तस्करहरुले सिमापारीका भारतीय बजारबाट भन्सार छलेर लत्ताकपडा, खाद्यान्न, घरायसी सामान, मोटरपार्टस, मेसिनरी सामान, जुत्ताचप्पल लगायतका सामानहरुका साथै विभिन्न किसिमका  लागुऔषधहरु नेपाल भित्र्याउने र नेपाली बजारमा पाइने घरेलु मद्यिरा र लागु औषध भारतिय बजारमा पुर्याउने गरेका पाइएको छ । 
खुल्ला सिमाना रहेका कारण भन्सार छलेर लत्ताकपडा, खाद्यान्न, घरायसी सामान, मोटरपार्टस, मेसिनरी सामान, जुत्ताचप्पल लगायतका सामानहरुका साथै विभिन्न किसिमका  लागुऔषधहरु नेपाल भित्र्याउने र नेपाली बजारमा पाइने घरेलु मद्यिरा र लागु औषध भारतिय बजारमा पुर्याउने गरेका पाइएको हो । 
तस्करहरुले जिल्लाका  सबैजसो बजारमा अवैध रुपमा भन्सार  छलेर ल्याएका सामानहरु पुर्याउन थालेपछि नेपाली व्यापारीहरु मर्कामा परेका जिल्ला सदरमुका मलंगवाका व्यापारी राजकरण यादवले  गुनासो गरेका छन् । “त्यस्ता सामानहरु सस्तो मूल्यमा पाइन थालेपछि हामीजस्ता वैध ढंगले  व्यापार गर्ने ब्यापारीहरुको व्यवसाय नै धारापमा परेको छ”यादवले भने,
नेपाल–भारत सीमा क्षेत्रमा सदरमुकाम मलंगवा सहित पुर्वमा त्रिभुवननगर–सोनवर्षा,पर्सा–सहोडवा, नारायणपुर दरवार लालबन्दी ,संग्रामपुर नाकाहरु र पश्चिममा  भेडियाही–लडकवा, खुटौना–भलुवाहा , भाँडसर–कन्हौली, बहादुरपुर, पकडीफेन्हारा सहित बलरा नाका खुल्ला सिमाना भएका नाकाहरु हुन । यी नाकाहरुबाट  तस्करहरूले अवैध रूपमा भन्सार छलेर सामान ओसारपसार गर्ने गरेका छन् । चोरी तस्करीका कारण राजस्व संकलनमा  समेत प्रभाव परेको भन्सार कार्यालय मलंगवाले जनाएको छ ।  चोरी तस्करीले गर्दा  व्यापार, व्यवसाय सुस्त भएकोले जिल्लाको व्यापार ,व्यवसायलाई  सहज बनाउन र सिमाको सुरक्षा व्यवस्था चुस्त बनाएर चोरी तस्करी नियन्त्रण गर्न आफुहरु  प्रमुख जिल्ला अधिकारी समक्ष डेलिकेसन जाने तयारीमा रहेको उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार ज्योशीले बताउनु भयो ।
जिल्ला सदरमुकाम मलंगवा लगायत लालबन्दी,बरहथवा, बयलबास, गोडैता, कौडेना, पकडीफेन्हारा, संग्रामपुर, हरिपुर, हरिवन , नवलपुर लगायतका  बजारहरुमा भारतबाट भन्सार छलेर भित्राइएका सामानहरुका कारण भन्सार बुझाएर ल्याइएका सामानहरु लुप्त रहेका व्यापारीहरुले बताएका छन् ।
भारतिय बजारमा मद्यिरा कारोबार गर्न नपाइने भएका कारण सीमावर्ती क्षेत्रका बजारहरुमा मद्यिराको  कारोवार बढदै गएको सीमा क्षेत्रका स्थानीयहरुले बताएका छन् ।  भारतको बिहार राज्यमा मद्यिराको कारोवारमा पूूर्ण रुपमा प्रतिबन्ध लगाएपछि जिल्लाको  सीमावर्ती क्षेत्रमा अवैध मद्यिराको कारोवार बढेको उद्योगा बाणिज्य संघ सर्लाहीले जनाएको छ । बिहारमा मद्यिराको कारोवारमा प्रतिबन्ध लागेदेखि जिल्लाको सीमावर्ती क्षेत्रमा दिनहुुँ भारतीयहरु आएर मद्यिरा सेवन गर्ने गरेका पाईएको छ ।
     नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रको सुरक्षामा  कडाई गरेपनि स–साना छाप्रो बनाएर अवैध रुपमा मद्यिराको कारोबार हुने गरेको छ । सिमाक्षेत्रमा अधिकांश मद्यिरा पसलहरु भारतिय नागरिकद्वारा संचालित रहेका छन् । भने बिना दर्ता यसरी सञ्चालनमा रहेका मद्यिरा पसलहरुको नियमन पनि हुन सकेको छैन ।
दैनिक जसो सयौं भारतिय नागरिकहरु जिल्ला सदरमुकाम मलंगवा, त्रिभुवननगर , नारायणपुर, सखुअवा, संग्रामपुर, भाँडसर,खुटौना, पकडी फेन्हारा, मधुवनी, बलरा लगायतका ठाउँमा खोलिएका भट्टी पसलहरुमा मद्यिरा सेवन गर्न आउने गरेका छन् । त्यस्ता पसलहरु अबेर रातिसम्म संचालन हुने गरेको स्थानीय कपिल यादवले बताए ।  
  स्थानिय प्रहरीले  मद्यिराको कारोवार रोक्न सीमा क्षेत्रका पसल संचालकहरुलाई पटक पटक आग्रह गरिएपनि प्रहरीको आग्रहको बेवास्ता गरी सीमा क्षेत्रका व्यापारीहरुले मद्यिराको कारोवार गर्दै आएका छन् । कतिपय ठाउँमा मद्यिरा बनाउने भट्टीहरुमा छापा मारेर तयारी मदिरा र मदिरा बनाउन प्रयोग हुने सामान र कच्चापदार्थ जफत तथा नष्ट गरिसकेको भएपनि  पुनः संचालन भइरहेको पाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बताउनु भयो ।
 नेपाल–भारत सिमानाका अहिले बन्द रहेको छ । तर पनि भारतिय नागरिकहरु चोर बाटोको प्रयोग गरेर नेपाली बस्तीमा आएर अबेर रातिसम्म मद्यिरा सेवन गरेर होहल्ला मच्चाउने गरेका छन् । जसका कारण समाजमा अशान्ती फैलिनुको साथै गैर कानुनी क्रियाकलापहरु समेत हुने गरेका पाइएको प्रहरीले जनाएको छ ।   सीमा क्षेत्रका स्थानीयबासीले अवैध रुपमा हुँँदै आएको मद्यिराको कारोवार रोक्न र सीमा क्षेत्रमा शान्ति सुुरक्षा चुस्त दुरुस्त पार्न  सर्लाहीका प्रमुख जिल्ला अधिकारीसँग पटक पटक आग्रह गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech