Close This

हुलाकी राजमार्ग निर्माणमा ठेकेदारमो लार्पबाही,धुलोका कारण स्थानिय हैरान,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-२१ गते   २३६ पटक हेरिएको

 हुलाकी राजमार्ग निर्माणमा ढिलाइ र राजमार्गले जनजीवन अस्तव्यस्त भएको भन्दै सर्लाहीका स्थानियबासी आक्रोसित भउका छन् । निर्माण सुरु भएको लामो समय भइ सक्दा पनि स्तरोउन्नती नगरेको भन्दै जिल्लाबासी आक्रोसित भएका छन् ।
जिल्लाको गोडैता नगरपालिका र विष्णु गाउँपालिकाको बीच भागमा पर्ने यो सडक निर्माण सुरु भएदेखि नै स्थानीय आक्रोसित भएका छन् । ठेकेदार कम्पनीको लापरबाही र स्थानिय निकायले चासो नदिँदा सडक आसपासका सयौं नागरिक धुलोबाट मुक्त हुन सकेका छैनन्। चैत –वैशाखको समयमा चल्ने हावाहुरीका कारण सडकको धुलोले यस क्षेत्रका बासिन्दाको स्वास्थ्यमा असर पारिरहेको छ ।
अहिले दिनहुँजसो हावाहुरी र राजमार्गमा चल्ने सवारीसाधनले उडाएको धुलोका कारण यस क्षेत्रका स्थानियबासीको स्वास्थ्यमा असर मात्र पारेको छैन, दिनचर्या नै जोखिममा परेको विष्णु गाउँपालिका ५ का स्थानिय कपिल यादवले बताउनु भयो ।
‘ठेकेदार कम्पनीका मान्छे वर्षमा एक पटक आउँछन्, हेरेर मात्र जान्छन्, तर यसबारे न त गाउँपालिकाले चासो लिन सकेको छ न त अन्य सम्बन्धित निकायले नै,’ यादवले बताए । राजमार्ग छेउमै घर भएकालाई त झन सास्ती हुने गरेको उनको भनाई छ । बाटोमा पानी हाल्न स्थानीयले पटक पटक भने पनि ठेकेदार कम्पनीले नसुनेको स्थानियबासीको भनाई छ ।
‘एउटा सवारी चल्दा बाटो कुहिरो लागेजस्तो देखिन्छ, केही दिनअघि बाटोमा धुलो उडेको कारण विष्णु गाउँपालिकामा स्थानीयले सडकमा टायर बालेर विरोध जनाएका थिए ।’ स्थानीयले बाटो अवरुद्ध पारेपछि भने ठेकेदार कम्पनीले पानी हाल्ने सहमति गरे पनि अझै त्यसो हुन नसकेको उनको भनाइ छ ।
यता गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र कुमार यादव भने ठेकेदार भागेका कारण स्थानीयले सास्ती खेप्न बाध्य भएका बताउनु भयो । उहाँका अनुसार ‘ठेकेदारले पानी हाल्ने जिम्मा लिएका थिए, अहिले ठेकेदार नै बेपत्ता भएका छन् ।’ उहाँले धुलो उडेको क्षेत्र हुलाकी राजमार्ग नभई त्यसलाई जोड्ने शाखा सडक भएको बताउनु भयो । खरैया टोलदेखि सग्रामपुरसम्म र गोेडैता सेक्सनदेखि बिर्ताटोलासम्मको भागमा बेस खसालेर ठेकेदार बेपत्ता भएका उहाँले बताउनु भयो ।  
ठेकेदारले पानी नहाल्दा स्थानीयको जनजीवन अफ्ठ्यारो भएको र आफूलाई समेत गाह्रो बनाएको उहाँको भनाइ छ । यसबारे केही दिनअघि सर्वपक्षीत बैठक हुँदा धुलो नियन्त्रण गर्न ठेकेदार सहमत भए पनि त्यसपछि फेरि बेपत्ता भएको उहाँले बताउनु भयो । 
सडक निर्माणको जिम्मा पाएका ठेकेदार नागेन्द्र कुमार साहले भने अबको केही दिनभित्रै सडकमा रोलर चलाउने र धुलो नियन्त्रण हुने बताउनु भयो । ‘हो धेरै धुलो उडेको छ, स्थानीय पनि चिन्तित छन्, हामी संवदेनशील भएर लागेका छौं। अबको केही दिनमै तपाईंले धुलो हटेको देख्न पाउनुहुनेछ ।’ उहाँले बताउनु भयो । हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती हुँदा जिल्लाबासी निकै मारमा परेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech