लगातारको वर्षाले सडक विगार्दा सर्लाहीको चुरेभेगमा सवारी अवागमन ठप्प,बिरामी ल्याउन समेत समस्या

339 Shares

लगातारको वर्षाका कारण सर्लाहीका उत्तरी क्षेत्रमा सवारी साधन सञ्चालन नहुँदा स्थानीयलाई सास्ती भएको छ।लगातारको वर्षाका कारण जिल्लाको इश्वरपुर नगरपालिका १२,लालबन्दी नगरपालिका १२, १३,१४ र १५, हरिवन नगरपालिका १ र बागमती नगरपालिका १ लगायत जिल्लाका उत्तरी क्षेत्रका सडकहरु बिग्रँदा सवारी साधनहरु सञ्चालन नहुँदा  चुरेभेगमा समस्या सृजना भएको छ भने बिरामी समेत झोलुंगोमा बोक्नु पर्ने बाध्यता सृजना भएको लालबन्दी नगरपालिका १४ नारायण खोलाका वडा अध्यक्ष छेनाम सिं घिसिङले बताए ।उनका अनुसार लगातार पानी परेपछि बारम्बार डाँडापाखा र खोलाको बाटो बिगारेर यातायातका साधन सञ्चालन हुन नसक्दा स्थानीयको दैनिकी असाध्य कष्टकर बनेकोे छ।
चुरेभेगका बस्ती पर्ने जिल्लाका चार पालिकामा खोलाबाट सञ्चालन हुने यातायातका साधन अहिले पूर्णरुपमा ठप्प छन् भने पाखाको सडकपनि पानीले विगारेका कारण स्थानीयलाई  वासिन्दा वडा कार्यालय,बजार तथा स्वास्थ्य संस्था सम्म आउन समेत समस्या भएको इश्वरपुर नगरपालिका १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले बताए ।उनका अनुसार पानीले बाटो बिगारेका कारण सो क्षेत्रका घण्टौँसम्म पैदल हिँडेर वडा कार्यालय,बजार तथा स्वास्थ्य संस्था सम्म आउन बाध्य भएका छन् ।
गर्भवती र गम्भीर अवस्थाका बिरामीलाई झोलुङ्गे वा स्टेचरमा हालेर राजमार्ग क्षेत्रका अस्पतालसम्म ल्याउनुपर्ने बाध्यता रहेको लालबन्दी नगरपालिका १५ का वडाध्यक्ष गोरखबहादुर बलले बताए।उनका अनुसार लगातारको वर्षाका कारण बिग्रेका सडहहरुको मर्मत सम्भारको काम हुन नसक्दा चुरेक्षेत्रमा दशैँअघि गाडी चल्ने अवस्था नरहेको बताए।उनकाअ नुसार लालबन्दी नगरपालिका १४ र १५ को चुरेभेगमा लखन्देही,फूलजोर र कालिन्जोर खोलाबाट चल्ने बस दुई महिनाअघि देखि ठप्प भएका यातायात व्यावसायी चन्द्र तामाङले बताए ।
स्थानीय हिउँदमा बस,ट्याक्टर र जीपका साथै मोटरसाईकल लगायतका साधनहरुमा चढेर बजारसम्म आउने गरेपनि वर्षायाममा बाढी आउन थालेपछि बाढी घटेको मौका पारेर पैदल हिँडेर गाडी चल्ने ठाउँसम्म आउनुपर्ने बाध्यता रहेको स्थानीय सुनिल तामाङले बताए । उनका अनुसार लालबन्दी १४ को सिङ्गो वडा नै सडक सञ्जालमा जोडिएको छैन्।खोला भएर जानुपर्ने चुरेभेगका केही स्थानीयले मोटरसाइकल लगायत आफ्ना अन्य सवारी तल चुरेफेदीमै थन्काएर खोला बाढीमा हेलिएर घरसम्म पुग्ने गरेका छन् ।
कच्ची बाटो पु¥याएको चुरेभेगमा अहिले मोटरसाइकल र ट्याक्टर केही चल्न सक्ने अवस्था नरहेको बागमती नगरपालिका १ का वडाध्यक्ष गम्भिर सिं पाख्रिनले बताए।उनले लगातारको वर्षापछि पाखामा बगेर आएको भेलले चुरेभेगको बाटो सबै बिगारेको ।चुरेपाखामा गाडी जान नसक्दा बागमती नगरपालिका १ को दापडाँडा,वाइवा डाँडा,घट्टे टोललगायत आधा दर्जन बढी बस्तीका ८० भन्दा बढी घरधुरीका स्थानीय समस्यामा परेका वडाध्यक्ष पाख्रिनले बताए ।
चुरेभेगको दुर्गम डाँडापाखामा बसोवास गर्ने कतिपय स्थानीय वैदेशिक रोजगारमा गएर आर्थिक अवस्था राम्रो भएपछि बजार क्षेत्रमा बसाइँ सरेर आउन थालेपनि आर्थिक अवस्था कमजोर रहेका अधिकांश सडक,स्वास्थ्य,शिक्षा,खानेपानी विद्युत तथा सञ्चार जस्ता आधारभूत सुविधाबाट समेत बञ्चित भई कष्टकर दैनिकी गुजार्न बाध्य भएका छन् । 

सम्बन्धित समाचार