राप्रपा मोरङ सचिवमा सिटौला र कोषाअध्यक्षमा प्याकुरेल सर्वसहमत

584 Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मोरङले सचिव र कोषाअध्यक्ष सर्व सहमत चयन गरेको छ ।पुस १३ गते भएको राप्रपा मोरङको अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका मनोज बस्नेतले मंगलबार राप्रपा मोरङ जिल्ला समितिको सचिवमा जय सिटौला र कोषाअध्यक्षमा राप्रपा नेतृ शोभा प्याकुरेललाई सर्व सहमत चयन गरेका हुन ।
राप्रपा मोरङ जिल्ला कार्यसमितिका अध्यक्ष बस्नेतले राप्रपाको विधान तथा पार्टी प्रतिको निष्ठा,सक्रियता र योगदानको उच्च मूल्याङ्कन गर्दै जिल्ला सचिवमा सिटौलालाई र कोषाअध्यक्षमा प्याकुरेललाई सर्वसहमत चयन गरेका राप्रपा मोरङले जनाएको छ ।
१२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र र छ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको मोरङमा सबै पालिका र निर्वाचन क्षेत्रहरुमा क्रमैसंग अधिवेशन गरी पुस १३ गते आईतबार भएको जिल्ला अधिवेशनबाट श्याम बहादुर कार्कीलाई बस्नेतले एक सय ५७ मतान्तरले पराजित गर्दै जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए ।कुल पाँच सय ९९ मतदाता मध्य चार सय ५९ मतदाताले मतदानमा गर्दा बस्नेतले तीन सय पाँच मत पाएर निर्वाचित हुँदा कार्कीले एक सय ४८ मत पाएका थिए ।

सम्बन्धित समाचार