सर्लाहीमा ईतिहाँस बनाएर गए प्रमुख जिल्ला अधिकारी गौतम

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-९ गते   १०२१ पटक हेरिएको

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम सोमबार बिदा भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट गृह मन्त्रालय सरुवा भएका प्रमुख जिल्ला अधिकारी गौतम सोमबार जिल्लाबाट बिदा भएका हुन ।
गृहमन्त्रालयमा सरुवा भएका प्रमुख जिल्ला अधिकारी गौतम सोमबार दिनभर जिल्ला प्रशासन कार्यालय सर्लाहीको विभिन्न कार्यालय तथा संघ÷संस्थाहरुले आयोजना गरेको बिदाई कार्यक्रममा सहभागी भएर जिल्लाबाट बिदा भएका हुन ।
प्रमुख जिल्ला अधिकारी गौतमलाई जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीसहित जिल्लाका सुरक्षा निकायहरुका प्रमुखहरु लगायत जनप्रतिनिधिहरु र जिल्लाका विभिन्न संघ÷संस्थाहरुले एक कार्यक्रमको आयोजना गरि दोसल्ला ओढाई मायाको चिनो प्रदान गरी बिदाई गरेका हुन ।
कुशल र अनुभवी प्रशासकको रुपमा परिचित प्रमुख जिल्ला अधिकारी गौतम सर्लाहीमा १३ महिना बिताएर नियमित सरुवा भई गएका हुन् । प्रमुख जिल्ला अधिकारी गौतमकै नेतृत्वमा यो पटक सर्लाहीमा मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन ईतिहासमै पहिलो पटक शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो ।
प्रमुख जिल्ला अधिकारी गौतमको नेतृत्वमा बिना विवाद र अन्य चुनावमा जस्तो गोली नचली ऐतिहासिक रुपमा शान्तिपूर्ण निर्वाचन गराउने टिममा रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरिक्षक प्रवीण पोखरेल,सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीका प्रमुख शसस्त्र प्रहरी उपरिक्षक भरत खनियाँ र राष्ट्रिय अनुसन्धानका प्रमुख एवम अनुसन्धान उप निर्देशक चन्दन झाको पनि सरुवा भइसकेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech