बागमतीमा विपद् पुर्व तयारी सम्बन्धि संयुक्त अभ्यास

2.6k Shares

  सर्लाहीको बागमतीमा तीन वटै सुरक्षा निकायले दुई दिवसीय बाढी तथा डुवानमा उद्दार कार्यको संयुक्त अभ्यास सुरु गरेका छन् । वर्षेनि रुपमा हुदै आएको बाढी डुवानले व्योहोर्नु पर्ने मानवीय क्षतिलाई न्यूनीकरण गर्ने उदेश्यले विपदको समयमा गर्नु पर्ने उद्दारको पुर्व तयारी सम्वन्धि संयुक्त अभ्यास सुरु गरिएको होे । 
बागमती नगरपालिकाले तयार पारेको देशकै सबै भन्दा ठुलो मानव निर्मित भरत तालमा जिल्लाका तीन वटै सुरक्षा निकायले दुई दिवसीय बाढी तथा डुवानमा उद्दार कार्यको संयुक्त अभ्यास आईतबार(आज) बाट सुरु गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । 


 हरेक वर्ष बाँके,फुलजोर,लखनदेही र बागमती खोलामा आउने बाढीको कारण जिल्लाका दक्षिणी भाग जलमग्न हुने र मानवीय क्षति हुने गरेको छ । दक्षिणमा रहेको भारतीय बांध र राष्ट्रिय गौरबको आयोजना पुर्व पश्चीम रेलमार्गको बाँधका कारण जिल्लाका दर्जनौँ गाउँ डुवानमा पर्ने गरेका छन् । यस वर्ष जल तथा मौसम विभाग पुर्वानुमान महाशाखाले भारी वर्षा हुने भनि गरेको अनुमानले पुर्व तयारीको अभ्यास सुरु गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामांगले बताउनु भयो । बागमतीको मानव निर्मित भरत तालमा गरिएको पुर्व तयारी अभ्यासको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी तामांगले बाढी आउने सम्भावित खतरालाई ध्यानमा राख्दै नदीको बाँध मर्मत सम्भारको कार्य तिब्र रुपमा भै रहेको पनि जानकारी गराउनु भयो ।
पानीको निकास भारत तिर भएकोले भारतले निर्माण गरेको बाँधमा पनि निकासको लागि लगाइएको सुलिस गेट नखोल्दा अप्राकृतिक रुपमा जिल्लाका जनतालाई भौतिक , शारीरिक क्षति बेहोर्न बाध्य भएका छन् । भारतसंग पनि निकासको विषयमा छलफल गर्ने प्रमुख जिल्ला अधिकारी तामांगले बताउनुभयो । बाढीबाट हुने क्षतिबाट जोगाउन स्थानीय प्रशासनले सक्रिय रुपमा भूमिका निर्वाह गर्ने उहाले बताउनु भयो ।
नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेनाका जवानहरुद्वारा सुरु गरिएको अभ्यासमा बाढीमा डुवेका व्यक्तिलाई ज्यान जोगाउने , उद्धार गरेर ल्याएर प्राथमिक उपचार गर्ने , रबर बोट ,मोटर बोट प्रयोग सम्बन्धि अभ्यास सुरु गरिएको हो । बाढीको बेला आवश्यक पर्ने सामग्रीहरु प्रयोग गर्दै संयुक्त अभ्यास सुरु गरिएको शसस्त्र प्रहरी बल १०नं. हेक्वा सर्लाहीका शसस्त्र प्रहरी उपरिक्षक गंगाराम श्रेष्ठले बताउनुभयो । प्राथमिक उपचारको लागि नेपाल रेडक्रस सोसाईटीको टीम उपस्थित भउका छन् भने अस्पताल पुर्याउनका लागि एम्बुलेन्सको समेत व्यवस्था गरिएको छ ।
 कार्यक्रममा बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा ,सर्लाहीका प्रमुख जिल्ला अधिकारी तामांग,नेपाल प्रहरीका प्रदेश २ का डिआइजी धिरज प्रताप सिंह,प्रदेशका आठै जिल्लाका  प्रहरी उपरीक्षकहरु,सशस्त्र प्रहरी उपरीक्षकहरु,  नेपाली सेनाका गुल्म पतिहरु,नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरु,स्वास्थ्यकर्मीहरु लगायतको उपस्थिती रहेको छ ।
४५ फिट गहिराई रहेको पोखरी १ सय २१ बिगा क्षेत्रफलमा निर्माण गरिएको छ । देशकै ठुलो मानव निर्मित पोखरी(भरत ताल) मा विपद् पुर्व तयारी सम्बन्धि संयुक्त अभ्यास भएको हाे ।

सम्बन्धित समाचार