लालबन्दीका करिब साँढे छ हजार बालबालिकाहरुलाई आई.पि.भि.खाेप लगाईने

543 Shares

सर्लाहीको लालबन्दीमा आई.पि.भि. अभियान सम्बन्धि सराेकारवालाहरुसंग अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

देशभरका करिब १४ लाख ५० हजार विद्यालय उमेरका बालबालिकालाई आई.पि.भि. खाेप लगाउने कार्य अन्तर्गत लालबन्दी नगरपालिका भित्रका विद्यालय उमेर समुहका करिक छ हजार पाँच सय जना बालबालिकालाई आई.पि.भि.खाेप लगाउने अभियान सुरु हुन लागेकाे लालबन्दी नगरपालिकाकाे स्वास्थ्य शाखाका मुमताज मिक्रानीले जानकारी दिए । उनका अनुसार सन् २०१४ बाट सुरु भएको अभियान यस पटक पनि देशैभरीका विद्यालय उमेर समुहका बालबालिकाहरुलाई आई.पि.भि.खाेप लगाउन लागिएको हाे ।

देशकाे कुल जनसंख्याको पाँच प्रतिशत र सर्लाहीमा करिब नाै प्रतिशत विद्यालय उमेर समुहका बालबालिकालाई आई.पि.भि.खाेप लगाईने नगर स्वास्थ्य शाखाले जनाएको छ । शुक्रबार(आज) लालबन्दी नगरपालिकाका नगर प्रमुख कासुदेव अधिकारी ,नगर उप प्रमख कल्पना माया पाख्रिङ,स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरुका साथै विभिन्न वडाका वडा अध्यक्षहरु समेतकाे उपस्थितिमा अन्तर्क्रिया गरि साे सम्बन्धि जानकारी दिईएकाे हाे ।

नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयहरुमा अध्यायनरत विद्यालय उमेर समुहका साथै विद्यालय भन्दा बाहिर रहेका मुसहर बस्ती,विपन्न वस्तिहरुका साथै ईट्टा भट्टाहरुमा रहेका बालबालिकाहरूलाई समेत अभियानबाट खाेप लगाईने नगर स्वास्थ्य शाखाका राेशन चाैधरीले जानकारी दिए ।

उनका अनुसार विद्यालय बाहिर रहेका करिब दुई सय सहित कुल करिब छ हजार पाँच सय विद्यालय उमेरका बालबालिकाहरुलाई आई.पि.भि.पाेख लगाईने छ ।

सम्बन्धित समाचार