सशस्त्र प्रहरीले मनायो २५ औँ स्थापना दिवश

215 Shares

सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आफ्नो २५ औँ स्थापना दिवश सम्पन्न गरेको छ ।पुस २० गतेबाट सुरु गरेको २५ औँ सशस्त्र प्रहरी दिवस–२०८२ (रजत महोत्सव)मा पूर्व पश्चिम झण्डा मार्च,नेपाल भारत सीमा स्थित सर्लाहीको पर्सा गाउँपालिका १ शितलपुरमा रहेको मुख्य सीमा स्तम्भ नं.३१७ (एए–२२)बाट नेपालको राष्ट्रिय झण्डा फहराउने लगायतका काम गरीएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका अनुसार सर्लाही र महोत्तरीको सीमा स्थित सर्लाहीको पर्सा गाउँपालिका १ शितलपुरमा रहेको मुख्य सीमा स्तम्भ नं.३१७ (PP–२२)बाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ हे.क्वा.गण महोत्तरीले सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीलाई र सर्लाहीको पश्चिमी सिमाना बलरा नगरपालिका १ छन्किटोला स्थित सहायक सीमा स्तम्भ नं.३४१/१ (WP–११) बाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ हे.क्वा.गण रौतहटलाई मार्चपास सहित नेपालको झण्डा हस्तान्तरण गरिएको हो ।२५ औँ सशस्त्र प्रहरी दिवस–२०८२ (रजत महोत्सव)को अवसरमा आयोजना गरिएको झण्डा मार्च कार्यक्रममा महोत्तरी,सर्लाही र रौतटहको सीमा क्षेत्रका स्थानीय तहहरुका जनप्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो ।
यस झण्डा मार्चले सशस्त्र प्रहरी बल,नेपालको योगदानको नेपाल भारत खुल्ला सीमामा सीमा सुरक्षाको प्रतिबद्धता,सतर्कता र उपस्थिति सशक्त रुपमा हुने,सीमावर्ती क्षेत्रका नागरिक,स्थानीय तह तथा सरोकारवाला निकायसँग जनसम्पर्क,विश्वास र सहकार्य अभिवृद्धि हुने सशस्त्र प्रहरी बल नेपालले विश्वास लिईएको छ।साथै सशस्त्र प्रहरी बल,नेपालको २५ वर्षे गौरवमय ईतिहास,बलिदान र प्रतिबद्धताको जिवन्त सन्देश प्रवाह हुने,राष्ट्र प्रतिको अविचल प्रतिबद्धतालाई अझ सुदृढ बनाउने विश्वास लिईएको छ ।

सम्बन्धित समाचार