जनकपुरमा प्रहरी र स्थानीयबिच झडप हुँदा ७ प्रहरी र १ स्थानीय घाइते

211 Shares

धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठामा प्रहरी र स्थानीयबिच भएको झडपमा सात प्रहरी सहित एक जना स्थानीय गोली लागी घाइते भएका छन्।प्रहरीले चलाएको गोली लाग्दा स्थानीय २९ वर्षीय लक्ष्मण मुखियालाई घाईते भएका छन्। उनको जनकपुरधाम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घाइते सात प्रहरी र केही सर्वसाधारणको पनि त्यही अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक वरुण बहादुर सिंहले जानकारी दिए ।

28-08-2025-68b074c821fc5-t.jpg
उनका अनुसार झडप देवपुरा रुपैठास्थित झण्डाचोकमा राखिएको टावरलाइटको झन्डा हटाउने क्रममा विवाद सृजना भएको थियो ।प्रहरी झन्डा हटाउन पुगेपछि स्थानीयले प्रहरी माथि ढुङ्गामुढा गरेका थिए।त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो।
शुक्रबार गणेश पूजाको मूर्ति विसर्जन गर्ने विषयमा दुई समुदायबिच विवाद भएपछि शनिबार दुवै पक्षका अगुवाहरूको उपस्थितिमा आइतबार झन्डा हटाउने सहमति भएको थियो। तर सहमति कार्यान्वयन गर्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार