नेपालीहरुले मनाउने मुख्य चाडपर्वहरु मध्य दसैँलगत्तै आउने तिहार नेपालीको ठुलो चाड हो। तिहारलाई फूल र बत्तीको चाड पनि भन्ने गरिन्छ ।योभन्दा पनि तिहारलाई चिनाउनेको अर्को चलन भाइटिका हो।परापुर्व कालदेखि तिहार भनेपछि सेलरोटी, फुलमालाका साथै झिलिमिली वत्ति भन्ने सम्झना आउँछ ।भाइटिका तिहारको प्रमुख दिन हो तर भाइटिकाले मात्रै तिहारको परम्परा समेट्दैन।यसभित्र कुकुर तिहार, कागतिहार,लक्ष्मीपूजा लगायत चाडबाड छन्।
यस्तै, नेवार समुदायले म्हपूजा पनि तिहारकै बेला मनाउने गर्छन् ।अर्कोतिर तिहारलक्षित सांस्कृतिक कार्यक्रमले सहर(बजार गुञ्जायमान बन्छन् ।देउसी भैलोको स्वरले गाउँदेखि सहरसम्म शान्ति छरिरहेको हुन्छ । तिहारको मुख्य प्रतीक र संस्कृतिमध्ये फूल महत्वपुर्ण वस्तु हो।फूलले घर तथा वरपर रहेको विषाक्त ग्यास र दुर्गन्ध हटाउँने वनस्पतिविद्को विष्लेषण छ।वातावरण सुगन्धित बनाउँछ । यसले शरीरमा जोस(जाँगर र स्फूर्ति ल्याउँछ।मनमा प्रशन्नता र शान्ति दिलाउँछ।मनमा भएका नकारात्मक सोच,विचार र ऊर्जालाई विनाश गर्छ।प्राणी र धर्तीलाई नै हित गर्ने फूलहरू ठाउँ,समय र मौसमअनुसार फरक(फरक रूपमा फुल्छन् ।
फूलका विभिन्न जाति र प्रजातिका
जाइजुही,वसन्ती,चम्पा,मालती,वैजयन्ती,इन्द्रजौको,पलास,कुमुद,करबरी,चणक,वनमाला,
कमल,गुलाब,लालुपाते,गोदावरी,गुराँस,सुनगाभा,मखमली,लाहरी,ब्रह्मकमल,घण्टीफूल,सुनाखरी,
पारिजात,नागकेशर,कुसुम,केतकी फूल,मौलसिरी,जुही,कदम्ब,चमेली र सयपत्री आदि मुख्य फूलहरु हुन् ।
तिहारमा प्रयोग हुने मुख्य तीन प्रकारका फूल
मखमली,सयपत्री र गोदावरी,छिल्लो समय अन्य फूलको पनि तिहारमा बढ्दो प्रयोग छ।अन्य फूलहरू सभा समारोह, विजयोत्सव,स्वागत र बिदाइ कार्यक्रम,रङ्गशालादेखि मसानघाट र सालिक प्रतिमादेखि मूर्तिसम्ममा प्रयोग गरिन्छ।यस कारण पनि फूलहरूको महत्व तथा आवश्यकता यत्रतत्र सर्वत्र छ। तर फूल माला भन्ने वितिकै तिहारको सम्झना आउँछ।तिहारलाई आर्कषीत बनाउने नै फूल हो ।
फूलविना तिहारको परिकल्पना पनि गर्न सकिँदैन।तिहार नजिकिएसँगै सबैका घर आँगनीमा ढकमक्क फूलहरू फुलेका हुन्छन्।यसले वरपरको धर्तीलाई नै सुगन्धित बनाएको हुन्छ।वास्ना हरर आउँदा धनधान्यकी अधिष्ठात्री देवी महालक्ष्मी समेत प्रशन्न हुने र सबैका घरघरमा बास गर्न आउने मान्यता पनि छ ।
तिहारमा निधारमा सप्तरङ्गी टिका,गलाभरि रङ्गीविरङ्गी फूलको माला,विभिन्न मिष्ठान्नका परिकारहरू खाने,दीप,फूल,महालक्ष्मी भगवतीको प्रार्थना र महिमागान गाउँदै देउसी भैलो खेली तिहार मनाउने परम्परा छ।तिहार साँच्चिकै सद्भाव,भाइचारा,प्रेम र सम्मानको एउटा प्रतीक पनि मानिन्छ।तिहार फूलहरूको पर्व भएकाले फूलको महत्वलाई पनि थोरै केलाउन आवश्यक छ ।
वास्तवमा फूल धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पौराणिक गाथासँग जोडिएको वनस्पती हो ।फूललाई शुभसाइतको एउटा पथ प्रदर्शक पनि मान्ने गरिन्छ।किंवदन्ती अनुसार पौराणिक कालमा रावणले आफ्ना सौतेला भाइ कुबेरको पुष्पक विमानलाई युद्ध जित्ने कार्यका लागि प्रयोग गर्ने गरेका थिए।त्यो कार्य हिजोआज हवाईयान र विमान बनाउने सोचका लागि उत्तिकै सहायकसिद्ध पथ प्रदर्शक भएको पनि मान्ने गरिन्छ ।
फूलहरूको के महत्व ?
वनस्पतिविद्हरुका अनुसार सयपत्री फूलका सुनौला मालामा घर,आँगन,चोक(बजार मात्र होइन काग,कुकुर,गाईगोरु,आफ्नै देह (म्ह) एवम दाइ भाइ तथा देवी लक्ष्मी पनि जोडिन्छन्।तिहारको माहोललाई मनमोहक सिँगार्न बारी र बगैँचाका उत्पादनले मात्र नभ्याएर छिमेकी देश भारतबाट समेत सयपत्रीका फूल आयात हुन्छ।तिहारको संस्कृतिमा मौलाएका सयपत्री फूल आजभोलि सर्वव्यापी,सर्वकालीन पुष्प सामग्री बनिसकेको छ। सभा, गोष्ठी, स्वागत,बिदाइ, सम्मान,अभिनन्दन मात्र होइन श्रद्धाञ्जलीमा समेत सयपत्रीले आफ्नो आधिपत्य जमाएको छ, यसको सर्वाधिक खपत हुने तिहार नै हो।
नामले सयपत्री भनिए पनि एउटै भेट्नोमाथि फक्रेको यस फूलको प्रत्येक पत्र स्वयंमा पृथक् फूल हो।त्यस अर्थमा सयपत्री फूल सयौँ फूलको पुष्पपुञ्ज हो,सयपत्रीलाई छोड्याइ(कोट्याइ ग¥यौँ भने सयौँ स(साना पुष्पिका सजिलै छुट्टिन्छन् ।फूलको मध्य भागमा खाँदिएर बसेका र छेउ(किनारतिरका पुष्पिका भिन्नै खालका हुन्छन्, मध्य भागका पुष्पिकाको फेदमा अण्डाशय हुन्छ ।सयपत्रीको पातलो सुइरो स्त्री जननेन्द्रिय मानिन्छ,त्यस वरिपरि पाँचवटा पुंकेशरका पराग कोष रहन्छन्, पुंकेशर र स्त्रीकेशरका यी अवयव पातलो पुष्प तरेलीको जामाभित्र हुन्छ।
यो फूल पूर्ण पुष्पको एक रूप हो, जसलाई वनस्पति विज्ञानले फूलको संज्ञा दिएको छ । तिहारमा अधिक प्रयोग हुने मखमली फूल हो।सबै खाले सयपत्रीको उद्गम थलो संयुक्त राज्य अमेरिकाको दक्षिणी भू भाग,मेक्सिको तथा दक्षिण अमेरिकी महादेश रहेको वनस्पतीविद्धहरु बताउँछन् ।ती क्षेत्रमा १५ प्रजातिका सयपत्री भेटिए पनि रूप,रङ,गुण र स्वभावले गर्दा स्पेनी अन्वेषकले दुई प्रजातिलाई युरोप पु¥याएका र त्यतैबाट सयपत्रीले विश्वका विभिन्न देश विदेशमा प्रवेश पाएको मानिन्छ ।हाम्रो संस्कार र संस्कृतिभित्र परापूर्वकालदेखि गहिरो सम्बन्ध र लामो इतिहास गाँसेर बसेको यो सयपत्री अतिथि फूललाई संस्कृति फूल नै भन्नु उपयुक्त मानिन्छ ।अहिले विश्वमै यी फूलको माग बढ््दो छ।नेपालमा त झने मुख्य चाडका बेला नै यी फूलको प्रयोग गर्ने प्रचलन बसेको छ।मखमली फूल मुख्य त दक्षिण अमेरिकी महादेशको ब्राजिल,पानामा र ग्वाटेमाला क्षेत्रबाट भित्रिएको मानिन्छ।नेपाल भित्रिएको यसको इतिहास पनि सयपत्रीसरह अतीतमा बिलाएको अवस्थामा छ ।
तिहारमा फूलको प्रयोग बढ्दो
तिहारका बेला नेपालमा फूलको प्रयोग ह्वात्तै बढ्छ।यो पर्व नै फूलसँग जोडिएकाले पनि फूलको प्रयोग बढेको हो।नेपालमा हरेक वर्ष तिहारमा करिब रु २४ करोडको फूलको कारोबार हुन्छ।पछिल्लो समय नेपालमै उत्पादित फूलले पनि नेपाल आत्मनिर्भर हुने अवस्था रहेको पुष्प व्यवसायीहरु बताउँछन्।तर तिहारको समयमा बिचौलियाहरुले भारत लगायत तेस्रो मुलकबाट फूल ल्याएर यहाँको फूल ओझेलमा पारेका पाइन्छ ।
नेपालमा पछिल्लो समय बजार माग वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर,भक्तपुर,कास्की, चितवन, मकवानपुर, काभ्रे, गुल्मी,पाल्पा, धादिङ,मोरङ,धनुषा र सर्लाही लगायतका जिल्लाहरुमा पुष्पखेती गरिन्छ।नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको पुष्प व्यवसायीहरु बताउँछन्। नेपालमा करिब दुई सय २१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएको छन्।सर्लाहीका विभिन्न स्थानहरुमा करिब ५० बिघा क्षेत्रफलमा फूलको खेती हुने गरेको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ।कार्यालयसंग एकिन तथ्यांक नभएपनि पछिल्लो समय सर्लाहीमा फूलको खेती राम्रो हुने गरेको छ ।
तिहारको महत्व
तिहार माया प्रेम र भेटघाटको सौगातको स्वरूप उपहार दिने अनि सम्बन्धलाई अझ निकट, सौन्दर्यपूर्ण र प्रगाढ तुल्याउने पर्व हो । फूलको माला र भाइटिकामा तिहारको बेग्लै महत्व छ।विवाहमा सिन्दूर,मङ्गलसूत्र अपरिहार्य मानिएजस्तै तिहारमा भाइटिका र फूलको माला अनिवार्य मानिन्छ।दिदीबहिनीबाट भाइटिका लगाएर मखमली र सयपत्री फूलका माला गलामा पहिरिँदा यसले छुट्टै महत्व राख्छ।दाजुभाइको दीर्घायुको रूपमा,सयपत्री,मखमली र गोदावरी सुखमय जिन्दगीको कामना गर्दै र जाइजुही र चमेली मनोकांंक्षा पूरा होस्,सफलता प्राप्त होस् भनी दिदी बहिनी,दाजुभाइलाई टिका लगाउँछन् र माला पहिरिइ दिन्छन् ।
तिहार गहिरो संस्कृतिको रूपमा रहेको र यो पर्वमा भाइटिका,फूल र बत्तीको विशेष महत्व रहेको संस्कृतिविद्हरु बताउँछन्।फूलहरूले मनमा प्रशन्नता र खुसी ल्याउँछ भने,बत्तीले शान्ति,समृद्धिसँगै मनमा उज्यालो छर्छ साथै भाइटिकाले दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई सौहार्द र प्रगाढ तुल्याउँछ ।
२०८१ को भाईटिका विशेष अवसरमा उत्तम साईत बिहानको ११ बजेर ५५ मिनेटमा रहेको छ।यस शुभ साइतमा दाजू भाइहरू पश्चिम मुखासन भई बस्ने तथा दिदीबहिनीहरू पूर्वाभिमूख भई दाजू भाइहरूलाई टिका लगाई शुभाशिष दिई शुभ सगून ख्वाउनु उत्तम हुन्छ ।
(विभिन्न तथ्यांकहरुका साथै कार्यालयहरु र विद्धनहरुको भनाईलाई समेटेर पत्रकार शंखर पहाडी(गौरब)ले यो लेख तयार परेका हुन । उनी कमलामाई मिडिया प्रा.लिका अध्यक्ष हुन ।)