लालबन्दी नगर कार्यपालिका सदस्यका लागि माओवादी केन्द्र र एमालेविच तालमेल

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१७ गते   २२४८ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकामा बुधबार हुने कार्यपालिका सदस्यको निर्वाचनका लागि नेकपा(माओवादी केन्द्र) र नेकपा(एमाले) विच तालमेल भएको छ । बैशाख ३० मा सम्पन्न स्थानिय निकायको निर्वाचनबाट अन्य जनप्रतिनिधिहरु निर्वाचित भई सकेका र ८ जना कार्यपालिका सदस्य बाँकी रहेकामा बुधबार कार्यपालिकाको निर्वाचन हुँदै छ ।
बुधबार हुने निर्वाचनबाट ८ जना कार्यपालिका सदस्यहरुका लागि नेकपा(माअ‍ोवादी केन्द्र) र (एमाले)विच तालमेल भएको नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर कमिटि सचिव राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
उहाँका अनुसार बुधबार हुने निर्वाचनबाट ८ जना कार्यपालिका सदस्यहरुका लागि माओवादी केन्द्रलबाट ४   जना,एमालेबाट  ३ जना र १ जना स्वतन्त्र उम्मेदवारलाई दिने सहमती भएको हो । ८ जना कार्यपालिका सदस्यहरु मध्य ५ जना निर्वाचित जनप्रतिनिधिहरुबाट र ३  जना मनोनित गरि छनोट गरिने छ । जसका लागि माओवादी केन्द्र,एमाले र स्वतन्त्र उम्मेदवारहरुबाट गरी ८ जना पुर्याइने छ ।
सर्लाहीका स्थानिय निकायहरुमा अहिले कार्यपालिका सदस्यहरुको निर्वाचन धमाधम सुरु भएकोे छ । बहुमत नरहेको ठाउँमा दुई वा दुईभन्दा बढी दलले तालमेल गरेर कार्यपालिका सदस्य चयन गरिरहेका छन् । कार्यपालिका चुनावका लागि प्रत्यक्ष निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिहरु मतदाता हुने भएकाले उनीहरुसंग अहिले विभिन्न चरणमा गरि छलफल र सहमती जारी रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech