नेपाल कुशवाहा कल्याण समाज सर्लाहीले दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना अदान प्रदान कार्यक्रम गरेको छ ।सर्लाहीको हरिपुर नगरपालिका १, हजार बिगाहको सभा हलमा नेपाल कुशवाहा कल्याण समाजका केन्द्रिय अध्यक्ष विरेन्द्र सिंहको प्रमुख आतिथ्यमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरिएको नेपाल कुशवाहा कल्याण समाज लालबन्दीका अध्यक्ष महेन्द्र महतोले जानकारी दिए ।
कुशवाहा समाजले समाजमा आपसी भाईचरा कायम गर्दै समाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष सिंहले बताए ।कुशवाहा समाजले मधेसी समाजको समृद्धि तथा विकासका लागि अग्रणी भुमिका खेल्दै आएको उनेको दाबी छ । कुशवाहा समाजलाई सबै पार्टीले विभेद गर्दै आएको उनले आरोप लगाए ।कुशवाहाको संख्या तराई मधेसमा धेरै भएपनि केही कथित राजनीतिक शक्तिले आफ्नो स्वार्थ पुरा गर्नका लागि राजनीतिक प्रतिनिधित्वमा पछाडी पार्दै आएको अध्यक्ष सिंहको जिकिर छ ।
कार्यक्रममा सहभागिहरुले कुशवाहा समुदायलाई आदर्श समाज स्थापना गर्न छोरीलाई उच्च शिक्षा दिन तथा दाइजो प्रथा र बालविवाह जस्ता कुरिती कुसंस्कारलाई निरुत्साहित गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका नेपाल कुशवाहा कल्याण समाज लालबन्दीका अध्यक्ष महतोले बताए ।समाजमा व्याप्त आन्तरिक द्वन्द्वलाई समाप्त गरि राजनीतिमा प्रतिनिधित्व बढाउनुकबा साथै सबैमा भावनात्मक र राजनीतिक एकता हुनु पर्ने उनीहरुको भनाई थियो ।