Close This

ट्रकको ठक्करबाट १ जनाको ज्यान गयो  

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१२-८ गते   ४५२ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ९ पुर्व पश्चीम लोकमार्ग अन्र्तगत सुकेपोखरी मन्दीर नजिकै ट्रकको ठक्करबाट १ जनाको ज्यान गएको छ । शनिबार बिहान करिब ११ः४५ बजेको समयमा सर्लाहीको हरिवन नगरपालिका १० का पैदल यात्री वर्ष अन्दाजी ५० का ज्ञानु प्रसाद खनाल ट्रकको ठक्करबाट घाईते भएका र उपचारको क्रममा अस्पतालमा ल्याउने क्रममा बाटोमा ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक राजेन्द्र प्रसाद उपाध्यायले जानकारी दिनु भयो ।


पश्चिमबाटपुर्व आउँदै गरेको ना ६ ख ५६४५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री खनालको ज्यान गएको प्रहरी निरिक्षक उपाध्यायले जनाकारी दिनु भयो । घटनामा संग्लग्न ट्रक र ट्रकका चालक ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेका छन । शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पताल मलंगवा पठाईएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech