वि.पी. राजमार्ग अन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानबाट लागुऔषध जस्तो शंकास्पद वस्तुसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।ईलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासको संयुक्त प्रहरी चेकिङ टोलीले विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ७२६ नम्बरको हायसलाई रोकी चेकजाँच गर्ने क्रममा लागुऔषध जस्तो शंकास्पद वस्तु सहित दुई जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त हायसमा सवार काठमाडौँ महानगरपालिका १६ का अन्दाजी ३० वर्षीय असिम थापा र सोही ठाउँका अन्दाजी २७ वर्षीय सविन मगरलाई १५ दशमलव ८३० ग्राम लागुऔषध जस्तो शंकास्पद वस्तु सहित नियन्त्रणमा लिइएको हो । बरामद लागुऔषध जस्तो शंकास्पद वस्तु परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भिमानमा राखी थप अनुसन्धान सुरु भएको सिन्धुली प्रहरीले जनाएको छ ।पछिल्ला दिनमा वि.पी. राजमार्ग हुँदै राजधानीतर्फ लागुऔषध ढुवानी बढेको भन्दै चेकजाँचलाई कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए ।