सर्लाहीको भारतीय सिमाक्षेत्रमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध गाँजा र कोरेक्स बरामद् गरेको छ । बोर्डर आउट पोष्ट (बीओपी) सखुहवाको सशस्त्र प्रहरीको टोलीले ब्रम्हपुरी गाउँपालिका ५ स्थित भारतीय सीमा क्षेत्र नजिक रहरी घारीमा बोरा भित्र लुकाइराखेको अवस्थामा करिब १५ किलो गाँजा बरामद् गरेको छ ।
त्यसैगरी बीओपी खुटौनाको सशस्त्र प्रहरीको टोलीले मलंगवा नगरपालिका १ भेडियाई ईलाकाबाट विहिबार नै १ सय ४८ बोतल कोरेक्स बरामद् गरेको सशस्त्र प्रहरी बल १० नम्बर हे.क्वा गण कबिलासीका सशस्त्र प्रहरी उपरिक्षक सशस्त्र प्रहरी प्रमुख भरत खनियाँले जानकारी दिनु भयो । भारततर्फ लुकाईछिपाई तस्करी गर्न लागेको भन्ने विशेष सुराकीका आधारमा गाँजा बरामद् गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतीय सिमाक्षेत्रबाट नेपालतर्फ कोरेक्स ल्याउँदै गरेको अवस्थामा लागु औषध कोरोक्स बरामद् गरेको सशस्त्र प्रहरीले जनाएको छ । कोरेक्स हालेको बोरा टाउकोमा बोकेर आउँदै गरेका करब ४५ वर्षिय पुरुष सशस्त्र प्रहरी टोलीलाई देख्ना साथ बोरा फालेर भारततर्फ भागेको सशस्त्र प्रहरी उपरिक्षक खनियाँले जानकारी निु भयो । उहाँका अनुसार बोरा खोलेर हेर्दा १ सय ४८ बोतल कोरेक्स फेला परेको थियो । बरामद् गरिएको गाँजा र कोरेक्स आवश्यक कानूनी कार्बाहीका लागि विहिबार दिउँसै नेपाल प्रहरी समक्ष बुझाईएको छ ।