सर्लाहीको कौडेना गाउँपालिका ६, सक्रौलमा सुरुङ खनेर एकैरात पाँचवटा घरमा चोरी भएको छ ।चोरको समूहले कौडेना गाउँपालिका ६ स्थित सक्रौल टोलका श्रीभुपनारायण राय,राजदेव राय,तेजा सहनी,गगनदेव साह र सुकदेव रायको घरमा एकैरात चोरी गरेका हुन ।
कौडेना गाउँपालिका ६ स्थित सक्रौल टोलका पाँचवटा घरमा घरभित्र रहेका गरगहना, नगदलगायतका सामग्री चोरी भएको पीडितले बताएका छन्।आफूहरु भित्र सुतिरहेका बेला सुरुङ खनेर चोरी भएको उनीहरुको भनाई छ ।कतिपय स्थानीयले अज्ञात व्यक्ति आएर आँखामा एक्कासी नसालु पदार्थ छर्किएर लुटपाट गरेर फरार भएको समेत बताएका छन्।चोरहरुको समूहले स्थानीयको घरभित्र रहेका बाकस र कपडालगायत सामग्री खेतमा लगेर फालेको भेटिएको छ ।
फागुन १२ गते राति पनि सक्रौल गाउँकै मेघन सहनी,रुचा दास, शङकर सहनीलगायतको घरमा चोरी भएको थियो ।बारम्बार यसरी सुरुङ खनेर गाउँबस्तीमा चोरी हुन थालेपछि स्थानीय क्रसित भएका छन् ।माघ २९ गते बसबरिया गाउँपालिकाको धनगढा गाउँको एक घर र केहीदिन पहिला सर्लाही सदरमुकाम मलंगवाको जिविस चोकको एक घरमा पनि दिउँसै ताला फोडेर चोरी भएको थियो । जिल्लामा श्रृङ्खलावद्धरुपमा चोरीका घटना बढ्न थालेपछि स्थानीय क्रसित भएका छन् ।
कौडेना गाउँपालिका ६ स्थित सक्रौल टोलमा एकैरात पाँच घरमा चोरी भएको घटनाका साथै चारी भएका सबै ठाउँमा सम्वन्धमा स्थानीय प्रहरी चौकीबाट प्रहरी परिचालन गरी घटनाको मुचुुल्का उठाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।यो समाचार तयार पर्दा सम्म प्रहरीले चोरीमा संग्लग्न कुनैपनि मानिसलाई नियन्त्रणमा लिएको छैन् ।