जनप्रतिनिधिहरुको एकतामा कारण विकासमा फड्को मार्दै बागमती

2.2k Shares

देश संघिय संरचनामा परिणत भएपछि अधिकांश स्थानीय निकायहरु आन्तरिक विवादमा परेका छन । लामो समयपछि भएको निर्वाचनबाट निर्वाचीत जन प्रतिनिधिहरुबीच बढ्दो आपसी टकरावनै स्थानीय निकायहरुको विकासको ठुलो तगारो बनेका छन ।
जनप्रतिनिधिहरु संघियताको मर्म र भावना अनुरुप चल्न नसकेका कारण जनताको घरघरमा सिंहदरवार भन्ने मुल नारा नागरीकहरुलाई  आकासको फल जस्तै बनेको छ। जनताको भवना र चाहाना एकातिर जनप्रतिनिधि अर्कोतर्फ लागेका स्थानिय निकायहरु र नागरिक बीचको दुरी बढदै गएको देखिएको छ ।
यस्तो जर्जर अवस्थामा रहेको संघयिता,स्थानिय सरकारका बीचपनि जिल्लाकोे बागमती नगरपालिकाको अवस्था निकै फरक छ । नगरपालिकाले विकास र समृद्धिको नारा मात्र हैन, योजना नै लिएर निरन्तर अघी बढिरहेको छ। नगरको दिगो विकास र समृद्धिको महत्वपुर्ण योजना साकार पार्ने कार्यमा नगर कार्यपालिकाका र जनप्रतिनिधिहरुको अथक प्रयास निरन्तर देखिन्छ ।
ठुला बजार तथा उद्योग कल कारखाना नरहेको भएपनि नगरले जनप्रतिनिधि पाएपछि गरेको विकास प्रदेश नं. २ कै नमुना र निकै लोभलाग्दो उदाहरण बनेको छ । जनप्रतिनिधिको आखाँमा केही बर्ष पछिकोे बागमती नगरपालिकाको स्वरुप अत्यन्त सुन्दर, समृद्ध र सुव्यवस्थित रहेको छ।
नगर प्रमुख भरत कुमार थापा, उप प्रमुख लिला कुमारी मोक्तान लगाएत जनप्रतिनिधिहरुले देखेको बागमती नगरपालिका साँचै नै प्रदेश नं. २ मा मात्र नभई देशमै नमुना बन्नेमा ढुक्क हुन सकिन्छ ।
निर्वाचित भए लगतै तलव भत्ता नलिने शपथ खानु भएका र आफ्नो लागि गाडि किन्न छुट्याईएको बजेटबाट जनताको लागि पानी ढुवानी गर्न ट्यांकर किनेर चर्चामा आउनु भएका नगर प्रमुख थापाको नगर विकासको योजनाले यतिबेला सर्वत्र मन जितेको छ। आफु निर्वाचित भएर आएसगै नगरको चौतर्फि विकासमा ठुलो सम्भावना र चुनौती देखेको नगर प्रमुख थापाले बताउनु भयो ।
‘नगर विकासको महत्वपुर्ण पाटो आन्तरिक आयश्रोत भएपनि हामी संग त्यस्तो केही थिएन। त्यसैले मेरो पहिलो प्राथमिकता नै नगरको दिगो विकास, सुन्दरता र आयश्रोतको योजनाहरुमा परेको होे। यस नगरलाई प्रदेशकै सुन्दर र रमणिय पर्यटकिय स्थलको रुपमा विकास गर्ने योजना रहेको छ ।’ नगर प्रमुख थापाले बताउनु भयो ।
बागमती नगरपालिकाले गत २ बर्षमा झण्डै ७६ किलोमिटर सडक कालो पत्रे गरि सकेको छ। नगरका अधिकांस सडकको स्तर उन्नती पछि धुुलो र हिलो मुक्त भई सकेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले यिनै दुई बर्षमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको कायापलटले नगरवासीको मन जितेको छ । चिल्लो र फराकिलो कालोपत्रे सडक बागमती नगरपालिकाको परिचय नै हो ।
नगरका अधिकांस सामुदायिक विध्यालय बालबालिकालाई मुस्कान सहित स्वागत गर्न लालाहित जस्तै देखिन्छन्।दिउसै तर्साउने जस्ता बिद्यालयको भौतिक संरचनाले मुहार फेरेका छन्। निरन्तर अभिभावक र विद्यालय विचको दुरी घट्ने र बिद्यार्थीहरुको सिकाई प्रभावकारीता बढ्नु सफलताको अर्को सुत्र मान्न सकिन्छ ।
समाज परिवर्तनको एकमात्र मेरुदण्ड शिक्षा भएकोले पनि यसको समग्र सुधारमा नगरले खेलेको भुमिका दिर्घकालिन र अत्यन्त महत्वपुर्ण रहेको अभिभावकहरुको भनाई छ। बालमैत्री वातावरणमा शिक्षण सिकाई, मन्टेश्वरी विधि र आधुनिक प्रविधि मैत्री शिक्षा बागमती नगरपालिकाको उद्देश्य रहेको नगर शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायको भनाई छ।
नगरपालिकाले दक्ष जनशक्ति उत्पादनलाई जोड दिदै नगरमै सस्तो सर्वसुलव ढंगलले सिभिल ईनिजनियर, कृषि बिज्ञान र पशु विज्ञान जस्तो महत्वपुर्ण प्राविधिक शिक्षा समेत संचालन गरिरहेको छ।
नागरिकको आधारभुत आवश्यक्तालाई समेत सगँसगै लिएर समग्र विकासको परिकल्पना गर्न निकै चुनौती रहेपनि यो आजको आवश्यक्ता भएकोले पुरा गर्नै पर्ने आफ्नो दायित्व रहेको उप प्रमुख लिला कुमारी मोक्तानले बताउनु भयो । नगरपालिकाले वडागत रुपमा बजेट वितरण नगरी बागमती नगरको समग्र विकास र नगरलाई आन्तरिक रुपमा समेत आर्थिक सामाजिक र भौतिक रुपमा समृद्ध बनाउन नगरपालिकामै बजेट राखेर कामको आधारमा काम गर्दै जाने र रकम निकास गर्ने व्यावस्था गरेको प्रमुख प्रशाुसकिय अधिकृत विमल कुमार पोख्रेलले बताउनु भयो ।

सम्बन्धित समाचार