वाईसिएल नेपाल र अखिल(क्रान्तिकारी) सर्लाहीद्धारा शान्तीपुर्ण रुपमा विरोध प्रदर्शन

480 Shares

नेकपा (माओवादी केन्द्र) निकट योङ्ग कम्युनिष्ट लिग(वाईसिएल)नेपाल र अखिल(क्रान्तिकारी) सर्लाहीले नेपालकै सार्वभौमिकता,स्वाधीनता र राष्ट्रिय अखण्डतामा हस्तक्षेप गर्ने गरी भारत–चीनबीच भएको व्यापारिक समझदारीमा नेपालको भूमि लिपुलेक प्रयोग गर्ने विषयमा आपत्ती जनाउँदै शान्तीपुर्ण रुपमा विरोध प्रदर्शन गरेका छन् ।
नेपाल सरकारले पटक–पटक लिपुलेक नेपालको अविभाज्य हिस्सा भएको दोहो¥याउँदै आएपनि भारत र चीनले नेपालको अधिकारलाई बेवास्ता गर्दै गरेको निर्णयलाई आपत्तिजनक र अस्वीकार्य रहेको भन्दै शान्तीपुर्ण रुपमा विरोध प्रदर्शन गरेको अखिल(क्रान्तिकारी)सर्लाहीका अध्यक्ष सविउल शेखले जानकारी दिए ।उनका अनुसार लिपुलेक,कालापानी र लिम्पियाधुरा नेपालको अविभाज्य भूमि रहेकाले सरकारलाई आफ्नो भूमिको रक्षा गर्न ठोस र कडा कदम चाल्न ध्यानाकर्षण गराउन शान्तीपुर्ण रुपमा विरोध प्रदर्शन गरिएको हो ।

0e95d2f0-ad7e-4826-a005-3feb70dedfad.jpeg
नेपालको सार्वभौमिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदम सह्य नहुने र देशको भूमिमा आँच आउन काम कसैले गरेकामा वाईसियल मौन नबस्ने वाईसियल नेपाल सर्लाहीका अध्यक्ष घमराज श्रेष्ठ(राजकुमार)ले बताए।उनले नेपालको चुच्चे नक्साले देखाएको भूभागलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउन सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने बताए ।
(वाईसिएल)नेपाल र अखिल(क्रान्तिकारी) सर्लाहीले आयोजना गरेको शान्तीपुर्ण रुपमा विरोध प्रदर्शन कार्यक्रममा सहभागी भएका माओवादी केन्द्रका नेताहरुले लिपुलेकलाई भारत–चीन व्यापारिक नाका बनाउने योजना नेपालको स्वाधीनता र अखण्डतामाथि ठूलो धक्का हुने चेतावनी दिएका छन्।
“लिपुलेक हाम्रो हो”“राष्ट्रिय हितमा सम्झौता हुँदैन”“भारत–चीनको हस्तक्षेप बन्द गर”जस्ता नारा लगाउँदै पुर्व पश्चीम राजमार्ग अन्र्तगत हरिवन नगरपालिका ११ स्थित कडरिया चोकबाट निकालेको मसाल जुलुस सहितको शान्तीपुर्ण रुपमा विरोध प्रदर्शन हरिवन नगरपालिका ११ स्थित सगुन सहकारी अगाडि पुगेर भारतका प्रधानमन्त्री र चिनका प्रधानमन्त्रीको पुत्ला दहन पछि समापन भएको अखिल(क्रान्तिकारी) सर्लाहीका सचिव शंकर मैनालीले जानकारी दिए ।
उनका अनुसार शान्तीपुर्ण रुपमा विरोध प्रदर्शन कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रीय सदस्य सावित्री बुढाथोकी,नेपाल कम्युनिष्ट पार्टीमा केन्द्रीय सदस्य जनक राउत,माओवादी केन्द्रका नेता एवम हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल),माओवादी केन्द्र हरिवन नगर कमिटिका अध्यक्ष अर्जुन पन्त लगायत वाईसिएल नेपाल सर्लाही र अखिल (क्रान्तिकारी) सर्लाहीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार