चन्द्रनगर गाउँपालिकाका किसानहरुलाई खेत मै कृषि मिटर जडान गरिने

1.4k Shares

दुर्गा कुमारी अधिकारी
 सर्लाहीको चन्द्रनगर गाउँपालिकाले गाउँपालिका भित्रका किसानहरुका लागि कृषि मिटर जडान गरि दिने भएको छ ।चन्द्रनगर गाउँपालिकाले गाउँपालिका भित्रका किसानहरुका लागि कृषि मिटर जडान गरिदिने भएको हो ।

गर्ने भएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले जानकारी दिनु भयो । कृषि पेशालाई सहज र आधुनिकता तर्फ लैजान विद्युत प्राधिकरणसंग समन्वय गरि कृषि मिटर डान गर्ने तयारी गरिएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिनु भयो । उहाँका अनुसार गाउँपालिकामै कृषि मिटर जडान गरिदिने भएपछि किसानहरूलाई कृषि सिचाईका लागि सहज हुने छ । विद्युत् मिटरका लागि गाउँपालिका भित्रका किसानहरुले मलंगवासम्म धाउँदा समय,पैसा खर्च र हैरानी व्यहोर्नुपर्ने अवस्था रहेकोमा अब गाउँपालिकाबाटै कृषि मिटर जडान गरीदिने भएपछि आफुहरुको समस्या समाधान हुने चन्द्रनगर गाउँपालिका ७ का किसान शिवकृष्ण कुर्मीले बताउनु भयो ।

एउटा कृषि मिटरका लागि जिल्ला सदरमुकाम मलंगवा सम्म धाउनु पर्दा समय र पैसा दुवै धेरै लाग्ने गरेको भएपनि अब गाउँपालिकाबाटै कृषि मिटर जडान हुने भएपछि आफुहरुको समय र  पैसा दुवै बच्ने भएको छ भने आफुहरुलाई निकै खुसी लागेका उहाँले बताउनु भयो ।

आफु विद्युत प्राधिकरण धाउँदा–धाउँदा एक वर्ष लागेको भएपनि काम गर्न नसकेको अवस्थामा गाउँपालिकाले केषि मिटर गाउँपालिकाबाटै सुरु गरेपछि आफुलाई निकै राहत पुगेको चन्द्रनगर गाउँपालिका ५ का किसान रजाउल मंसुरले बताउनु भयो । उहाँका अनुसार विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवामा जाँदा कहिले यो मिलेन कहिले त्यो कागज मिलेन भनेर दुःख दिने गरेका कारण एउटा काम गराउन महनिौ कुर्ने पर्ने भएपनि अब गाउँपालिकाबाट नै कृषि मिटर वितरण हुने भएपछि सेवा लिन सहज हुनुका साथै आफुहरुलाई निकै खुसी लागेको बताउनु भयो ।

गाउँपालिकाले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवासंग समन्वय गरी गाउँपालिका भित्रका किसानहरुलाई कृषि मिटर जडानको तयारी गरेको हो । विद्युत चुहावट अन्त्य गर्न विद्युत महसुल गाउँपालिकाले नै तिरिदिने गरी कृषि मिटर वितरण र जडान गर्ने योजना बनाएको गाउँपालिकाकी उपा अध्यक्ष गीतादेवी महतोले बताउनु भयो । उहाँका अनुसार गाउँपालिकाले पहिलो पटक विद्युत चुहावट अन्त्य गर्ने अभियान थालेकोले विद्युत प्राधिकरणका कर्मचारीहरु गाउँपालिकामा नै आएर आवश्यक पक्रिया पुरा गरेर मिटर वितरण र जडान गर्नेछन् ।

कृषि मिटर जडान गर्न मिटर आवेदन फारम भर्ने र पेश गर्ने,फारम रुजु गर्ने,स्वीकृत गर्ने, मिटर खर्च भौचर भर्ने,मिटर दस्तुर बुझ्ने,मिटरको लगत कायम गर्ने,मिटर जडान गरी वत्ति बाल्ने लगायत सबै चरणको काम गाउँपालिकामा सुरु  नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाका प्रमुख उमेश यादवले जानकारी दिनुभयो । उहाँका अनुसार यति प्रक्रिया पुरा गरेपछि प्राधिकरणले किसानहरुको खेत खेतमै पुगेर कृषि मिटर जडान गर्ने छन् ।

गाउँपालिकाका अधिकांश स्थानहरुमा सिँचाइको अन्य विकल्प नहुँदा डिजेलबाट चल्ने पम्पसेटबाट खेती सिँचाइ गर्दा धेरै खर्च हुने गरेको थियो अब झन्झटबाट पनि मुक्त र कम खर्चमा खेती हुने अर्का किसान हरेराम महतोले बताउनु भयो ।

चालू आर्थिक वर्ष २०७९÷०८० मा कृषि विद्युतीकरण र किसानहरुको बिल भुक्तानीका लागि गाउँपालिकाले रु एक करोड ४० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिङले बताउनु भयो । उहाँका अनुसार गएको पुस २९ गते सम्पन्न १२ औँ गाउँसभा बैठकबाट गाउँपालिका भरीका किसानहरुले खेत सिँचाइ गर्दा उठेको महसुल गाउँपालिकाले तिरिदिने निर्णय गरेको हो ।

गाउँपालिकाले नेपालमै पहिलो पटक कृषि मिटर गाउँपालिकाबाटै वितरण सुरु गरेको हो । ७ वटा वडा रहेको गाउँपालिकामा करिब ३८ हजार जनसंख्या रहेकामा करिब ९९ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध रहेका गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले यो अवधारण ल्याएको गाउँपालिकाको कृषि शाखा संयोजक समेत रहनु भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत थिङले बताउनु भयो । उहाँका अनुसार कृषि विद्युतीकरण मार्फत सिचाई गर्दा कम लागत हुने र भएको कमाईको धेरै रकम किसानहरुले बचत गर्न सक्ने छन् ।

सिँचाइ क्षेत्र विस्तार हुँदा सहज सिँचाइ हुने,कृषि उत्पादन बढ्ने र किसानहरुको लागतसमेत घट्ने भएकाले विद्युत् महसुल गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । चन्द्रनगर गाउँपालिकामा विशेष गरी धान,मकै,गहूँ लगायत अन्नबालीहरु उत्पादन हुन्छन् भने तरकारी खेती पनि व्यवसायीक रुपमा हुने गरेको कृषि शाखाले जनाएको छ ।

सम्बन्धित समाचार