Close This

धनुषाको जनकनन्दनी १ बाट स्रोत नखुलेको ८३ लाख सहित एउटा मोटरसाईकल र २ जना नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-२१ गते   ४८७ पटक हेरिएको

धनुषाको जनकनन्दनी गाउँपालिका १ इनर्वाबाट शसस्त्र प्रहरीले स्रोत नखुलेको ठुलो रकम  सहित २ जनालाई नियन्त्रणमा लिएको  छ । भारतबाट आलुको बोरामा आलुसँगै लुकाई छिपाई नेपाल ल्याउँदै गरेको अवस्थामा  स्रोत नखुलेको रु ८३ लाख लाख ६४ हजार ५ सय सहित मोटरसाईकल र २ जनालाई नियन्त्रणमा लिएको शसस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका बाहिनी पति डिआईजी गणेश बहादुर ठाडा मगरले जानकारी दिनु भयो ।
उहाँका अनुसार ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोरामा मोटरसाईकलमा स्रोत नखुलेको रु ८३ लाख लाख ६४ हजार ५ सय रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पनि शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
बरामद रकम र नियन्त्रणमा लिइएको दुबै जनालाई थप अनुसन्धानका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको डिआईजी ठाडा मगरले जानकारी दिनु भयो । भारतसंग खुल्ला सिमाना रहेका कारण मधेश प्रदेशका जिल्लाहरुमा गैर कानुनी कार्य गर्न सहज भएको पाइएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech