Close This

सीमावर्ती क्षेत्रका प्रत्येक ९ किलोमिटरको दूरीमा बिओपी स्थापना

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-८-१५ गते   ३३१ पटक हेरिएको

भारतसँग सीमा जोडिएको सर्लाहीको सहित प्रदेश नम्बर २ का ८ जिल्लाका  सीमावर्ती क्षेत्रमा प्रत्येक ९ किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी (सीमा सुरक्षा पोष्ट)स्थापना गरिएको छ । सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना भएको हो ।
प्रदेश नम्बर २ का ८ जिल्लामा हाल ६३ वटा बिओपि रहेका छन भने ४ सय ६४ किलो मिटरको दुरी भारतसंग खुल्ला सिमाना जोडिएको भु भाग रहेको छ । ५१ किलो मिटर खुल्ला सिमाना रहेको सर्लाहीमा ९ वटा बिओपि रहेका छन् ।
प्रदेश नम्बर २ का ८ जिल्लामा पर्सामा १३ वटा बिओपी रहेका छन् । त्यसैगरी बारामा ७ वटा बिओपी छन् भने रौतहटमा ५ वटा छन् । त्यसैगरी महोतरीमा ८,धनुषामा ७ वटा ,सिरहामा ७ वटा र सप्तरीमा ७ वटा विओपी छन् । प्रदेशका ८ जिल्लामा गरि ६३ वटा विओपीहरु रहेका छन् ।
सीमा क्षेत्रमा हालसम्म ६ देखि ९ किमीको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी रहेको छ । सीमापारि भारतीय भूमिमा प्रत्येक पाँच किलोमिटरको दूरीमा त्यहाँको सीमा सुरक्षा बल(एसएसबी)को पोष्ट सञ्चालनमा रहेको जनाइएको छ।
छिन्नमस्ता बाहिनीका बाहिनी पति चन्द्र प्रकाश गौतमका अनुसार “प्रत्येक ७ देखि ९  किलोमिटरको दूरीमा बिओपी स्थापना गरिएको छ । पछिल्लो समयमा केही बिओपिहरु थपिएपछि ४ सय ६४ किलो मिटर रहेको प्रदेश नम्बर २ मा अब ७ देखि ९ किलो मिटरको दुरीमा बिओपि स्थापना भएको हो । सीमाको सुरक्षाका साथै चोरी, तस्करीजस्ता अवैध गतिविधि रोक्न भन्दै सिमामा बिओपिहरु थप गरिएको हो ।” नेपाल सरकारले भारत र चीनसँग सीमा जोडिएको नेपालको सीमावर्ती क्षेत्रमा करिब ५ सय  बिओपीको स्थापना गर्ने लक्ष्य राखेको जनाइएको छ । भने संघिय सरकारको योजना अनुसार अझै प्रदेश नम्बर २ मा ९२ वटा बिओपि स्थापना हुने छन । जग्गा विवाद नरहेका स्थानहरुमा केही समयमै बिओपिहरु स्थापना हुने छिन्नमस्ता बाहिनीका बाहिनी पति गौतमले बताउनु भयो ।
पछिल्ला दिनहरुमा प्रदेशका सीमा क्षेत्रमा हुने गरेको अवैध चोरी तस्करी नियन्त्रणको काममा विगतका वर्षको तुलनामा सफलता मिलेको प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआइजी धिरत प्रताप सिंहले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech