ट्याक्टरले किचेर एकजनाको मृत्यु,चालक फरार रहेको प्रहरीको बाहना

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-८ गते   ९०४ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित पुर्व पश्चीम राजमार्गमा ट्याक्टरले किचेर एकजनाको ज्यान गएको छ । पुर्व पश्चीम राजमार्ग स्थित लालबन्दी नगरपालिका १ मा पुर्वबाट पश्चीम तर्फ जाँदै गरेको ना ७ त ५१६१ नम्बरको ट्याक्टरले किचेर ट्याक्टरमा सवार एकजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हरिवन नगरपालिका ४ स्थित सासपुरमा रहेको टाटा इट्टा भट्टाबाट इट्ट लिएर परवानीपुर गई इट्टा अनलोड गरि फर्किने क्रममा ट्याक्टरमा सवार ३ जना मध्य हरिवन नगरपालिका ४ का अन्दाजी वर्ष १७ का सुरज कुमार महतोको ज्यान गएको हो । ट्याक्टरमा सवार ३ जनाहरुमा अरु २ जना सकुसल रहेका छन् ।
दुर्घटना लगतै ट्याक्टरका चालक फरार रहेका छन् भने दुर्घटनामा संग्लग्न ट्याक्टर ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेको छ भने फरार चालकको खोजी भई रहेको प्रहरीले जनाएको छ । पीडित पक्षले प्रहरीमा जाहेरी नदिएका प्रहरीले जनाएको छ ।
तर दुर्घटना हुँदाको बखतका ट्याक्टरका चालकलाई भगाएको र अर्का चालकलाई प्रहरीले नियन्त्रणमा राखेको स्थानीयको आरोप छ । यस अघि पनि ईलाका प्रहरी कार्यालय लालबन्दीले दुर्घटनामा संग्लग्न नरहेको ट्याक्टर नियन्त्रणमा राखेर मुद्धा चलाएको थियो । त्यसैगरी,टाटा इट्टा भट्टाका सञ्चालक नागेन्द्र जयसवालले उक्त ट्याक्टर मोक्तान कन्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा.लि हरिवन नगरपालिका ११ को रहेको र आफ्नो इट्टा भट्टाबाट इट्टा किनेर लगेका कारण भट्टासंग सो ट्याक्टरको कुनै सम्बन्ध नरहेको बताए ।
यता,मोक्तान कन्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा.लि हरिवन नगरपालिका ११ का सञ्चालक राजेश मोक्तानले दुर्घटनामा मृत्यु भएका महतो आफ्नो ट्याक्टरका लेभर समेत नरहेका उनी चालकका साथी रहेका बताए ।साथै उनले चालक हरिवन नगरपालिका ४ का स्थानीय रहेका बताए पनि विवरण सार्वजनिक गर्न मानेन् बरु कमलामाई मिडिया प्रा.लिको टिमलाई अर्काे दिन भेट्ने भन्दै फोन काटे । 
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुसंग सो विषयमा थप बुझ्न खोज्दा उनले आफुलाई थाहा नभएको भन्दै ईलाका प्रहरी कार्यालय लालबन्दी मै बुझ्न भने,यता ईलाका प्रहरी कार्यालय लालबन्दीमा बुझ्न खोज्दा ईलाका प्रहरी कार्यालय नवलपुरसंग बुझ्न भने ईलाका प्रहरी कार्यालय नवलपुरमा सोध्दा आफुहरुले केही बताउनु नमिल्ने जिल्लामा प्रवक्ता मार्फत मात्रै सार्वजनिक गर्न मिल्ने बताए । यसबाट पनि यो दुर्घटनामा र प्रहरीको मिलेमतो प्रष्ट हुन्छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech