आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तीन सय तीन औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायण साहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गर्ने गरिएको छ ।
तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक,आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे,चौबिसे राज्यलाई एकीकृत गरेका थिए ।“घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्”भन्ने साहको नारा लगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा उत्तिकै सान्दर्भिक रहेका छन्।भौगोलिक अवस्थालाई लक्षित गर्दै नेपाललाई दुई ढुङ्गाबीचको तरुलको संज्ञा दिएका थिए।उनको निधन ५२ वर्षको उमेरमा विसं १८३१ मा भएको थियो ।