Close This

कालोबजारी र कृतिम अभाव सृजना नगर्न उबा संघ लालबन्दीको आग्रह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१२-६ गते   ६१८ पटक हेरिएको

विश्वव्यापी रुपमा फैलीएको (कोभिड १९) अर्थात कोरोना भाईरसको संक्रमण फैलिएको बाहनामा व्यापारी व्यावसायीहरुले कालो बजारी तथा कृतिम अभाव सृजना गरेको भन्दै त्यसो नगर्न लालबन्दीमा रहेको उद्योग बाणिज्य संघ लालबन्दीले आग्रह गरेको छ । एक विज्ञाप्ती जारी गर्दै उद्योग बाणिज्य संघ लालबन्दीले यस्तो आग्रह गरेको हो । व्यापारी व्यावसायीहरुले (कोभिड १९) अर्थात कोरोना भाईरसको संक्रमणको बाहना बनाई दैनिक उपभोग्य सामानहरुमा तथा ग्यास  र पोटेलीय पदार्थमा कालो बजारी गरेको  गुनासो गरेका कारण त्यसो नगर्न आग्रह गरिएको उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीले बताउनु भयो ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित गरिएको छ । स्थगित महाधिवेशन आउँदो जेठमा गरिने छ । कोरोना भाइरस सृजित समस्याका कारण निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित गर्ने निर्णय गरिएको हो ।
भाइरस संक्रमणको डरले सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेपछि महासंघले चैत २८ र २९ गतेका लागि तोकेको निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।बिहीबार बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाका अनुसार महाधिवेशन आउँदो जेठ ७ र ८ गते गरिने छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech