आशाकाे वित्तीय साक्षरता तालिम तथा केन्द्र प्रमुख गाेष्ठी

686 Shares

सर्लाहीको हरिवन नगरपालिका १० मा आशा लघुवित्त वित्तीय संस्था लि.को वित्तीय साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न भएको छ।“विपन्न समुदायको निम्ति आशा”भन्ने नाराका साथ स्थापना भएको लघुवित्तले आफ्ना शाखा तथा केन्द्र प्रमुखहरुसंग साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठी गरेको संस्थाका ईलाका प्रमुख तथा अनुगमन अधिकारी धर्मराज दाहालले जानकारी दिए ।एक हजार छ सय ३८ सदस्य रहेको संस्थाले एक सय १२ वटा केन्द्रहरुबाट सात सय ५९ जनालाई रु १३ करोड ९४ लाख २५ हजार तीन बचत र रु पाँच करोड ८६ लाख १४ हजार एक सय ७० ऋण प्रवाह गरेको छ ।

IMG-20250318-WA0005.jpg
कार्यक्रममा उपस्थित वक्ताहरुले वित्तीय संस्थाहरुका कारण अहिले विपन्न सर्व साधारणलाई जीविकोपार्जनमा ठुलो टेवा पुगेको बताए ।सहकारी जस्तै लघुवित्त वित्तीय संस्थाहरुले निक्षेपकर्ताहरुको रकम लिएर नभाग्ने भएकोले ढुक्क भएर कारोवार गर्न लामो समय वित्तीय संस्थामा काम गरेका गायक सन्तोष दाहालले बताए ।कार्यक्रममा संस्थाका अनुगमन अधिकारी दाहाल र हरिवन नगरपालिका १० की वडा सदस्य गिता वि.क लगायतको विशेष उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार