Close This

हावा हुरी पीडितलाई  स्थानिय समाजसेवी योञ्जनद्धारा राहत वितरण 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१५ गते   ४३८ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १२ पत्थरकोटमा हावाहुरी तथा असिना पानीका पीडित परिवारलाई  २० थान त्रिपाल सहयोग प्रदान गरिएको छ । स्थानिय युवा समाजसेवी राजु योन्जनले व्यक्तिगत रुपमा २० थान त्रिपाल सहयोग गर्नु भएको हो ।
वडा कार्यलयसंगको समन्वयमा आफुले पीडित परिवारलाई २० थान त्रिपाल व्यक्तिगत रुपमा सहयोग गरेको योञ्जनले बताउनु भयो ।हावा हुरी तथा असिना पानीले घरको छानो गुमाएका परिवारलाई केही सहयोग पुगोस भनेर सहयोग गरेको योञ्जनले बताउनु भयो।
अचानक आएको हावाहुरी र असिना पानीले  सो क्षेत्रका स्थानियले लगाएको मकै गहूँ लगायतका अन्नबाली,तरकारी तथा घरका छानामा समेत क्षेती पुगेको थियो । करिब आधा किलो सम्मका असिना परेका कारण घरका छानाका टाली तथा खपडा फुटेका छन । भने अन्नबाली तथा तरकारी र फलफुलमा पुर्ण रुपमा क्षेती पुर्याएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech