बोलेरो दुर्घटना हुँदा घ्याङ्लेखका उपाध्यक्ष घलान सहित तीन घाईते

56 Shares

सिन्धुलीको घ्याङ्लेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलान चढेको बोलेरो दुर्घटना भएको छ ।सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आयोजित एक कार्यक्रममा सहभागी भई घर फर्कर्ने क्रममा शुक्रबार गाउँपालिका उपाध्यक्ष घलान चढेको बोलेरो घ्याङ्लेख गाउँपालिका ४ शिखर भञ्ज्याङमा दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।प्रहरीका अनुसार बा २ झ ४३९७ नम्बरको बोलेरो सडकबाट करिब १५ मिटर तल झरेको थियो । बोलेरो रुखमै अड्कीएकाले थप क्षेती नभएको हो।
बोलेरोमा उपाध्यक्ष घलानकी श्रीमति पनि सवार रहेकी बुझिएको छ ।बोलेरोमा सवार उपाध्यक्ष घलान,उपाध्यक्षकी श्रीमती अन्दाजी ३९ वर्षिय नानीमाया घलान र सवारी चालक राजकुमार वाईबा सामान्य घाईते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उपाध्यक्ष घलानको दुवै हातमा,नानीमायाको ढाँडमा र चालक वाईबाको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
हरिहरपुरगढीमा प्रदेश नीति तथा योजना विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भएर उपाध्यक्ष घलान घर फर्कने क्रममा दुर्घटनामा परेका हुन ।घाईतेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको सिन्धुली प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार