मधेशका जनताको आवश्यकतासँग जोडेर बजेट तर्जुमा गरिन्छ : अर्थमन्त्री साह

91 Shares

मधेश प्रदेश सरकारका नवनियुक्त अर्थमन्त्री एवम नेकपा(माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरत प्रसाद साहले मधेश प्रदेशको बजेटलाई नागरिकले सरकारबाट सहयोगको अनुभूति पाउने गरी प्रभावकारी बनाउन ध्यान दिने बताए।शुक्रवार(आज)मधेश प्रदेशको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री साहले प्रदेश सरकारबाट हुने खर्चलाई प्रभावकारी बनाउन ध्यान दिने बताए । 
आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रमलाई वस्तुनिष्ठ,अनुमानयोग्य एवम पारदर्शी बजेट निर्माण कार्य व्यवस्था बनाउन र बजेट तर्जुमा प्रक्रियालाई जनताको वास्तविक आवश्यकतासँग जोडेर अघि बढाउन आफ्नो ध्यान केन्द्रीत हुने अर्थ मन्त्री मन्त्री साहले बताए ।प्रदेशको समृद्धिमा कृषि,सिँचाइ र मल सहज रुपमा पु¥याउन तोकिएकै समयभित्र अगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्ने मन्त्री साहले प्रतिवद्धता जनाए ।उनले गरिबी निवारण,उत्पादन वृद्धि र सामाजिक न्याय सहितको आर्थिक समृद्धिलाई पहिलो प्राथमिकता दिएर बजेट ल्याउने बताए ।
मधेश प्रदेश सरकारका निवर्तमान गृह,सञ्चार तथा कानुन मन्त्री समेत भई सकेको मन्त्री साहले“वित्तीय संघीयता सफल कार्यान्वयनका लागि प्रदेशको आयमा बृद्धिगर्न प्रदेशको सन्तुलित विकास र समसामयिक विकासलाई प्राथमिकतामा राखी बजेट निर्माण गर्नमा जोड दिईने” उनले बताए । 

सम्बन्धित समाचार