लालबन्दी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वमा सहमती जुटेन,

2.2k Shares

रुस र युक्रेनबीचको द्वन्द्वका कारण नेपालमा महँगी बढेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताउनु भयो । सर्लाही स्थित उद्योग वाणिज्य संघ लालबन्दीको आठौँ वार्षिक साधारण सभा एवम् अधिवेशनलाई सम्बोधन गर्नसर्लाही आउनु भएका महासंघका अध्यक्ष गोल्छाले अधिकांश वस्तु आयात हुने दुई मुलुकबीच द्वन्द्व बढ्दा नेपालीहरु महंगीकोे चपेटामा परेको बताउनु भयो ।
रुस–युक्रेन द्वन्द्वले मुलुकको अर्थतन्त्रमा अहिले गम्भीर धक्का पुगिरहेको उहाँको भनाइ छ ।


अध्यक्ष गोल्छाले खस्कँदो अर्थतन्त्रलाई उकास्न विदेशी पर्यटकलाई बढीभन्दा बढी देशमा भित्र्याउने र नेपालीले विदेशमा दुःख गरेर पठाएको पैसा (रेमिट्यान्स)को सही सदुपयोग गर्ने अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो । नेपालको अर्थतन्त्र आयातमुखी रहेकाले पनि जटिल अवस्था सिर्जना भएको उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाको भनाइ छ ।
मुलुकलाई समृद्ध बनाउने कुरामा निजी क्षेत्र जिम्मेवार रहेको उल्लेख गर्दै उहाँले सरकारले पनि लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
साधारण सभाबाट उद्योग वाणिज्य संघ लालबन्दीको नयाँ नेतृत्व चयन गरिने वर्तमान अध्यक्ष कल्याणकुमार जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योग वाणिज्य संघ लालबन्दीको नयाँ नेतृत्व चयन प्रक्रियाका लागि बन्दसत्र गरिएको भएपनि सहमतीमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गरिने भएको छ । नयाँ नेतृत्वका लागि ३ वटा बेग्लाबेग्लै प्यानलले नामावली दिएपछि सहमती जुट्न नसकेको संघले जनाएको छ । 


नेतृत्वको आकांक्षी ३ वटै प्यानलको नामावली निर्वाचन समितिले गोप्य राखेको छ । निर्वाचन समितिका संयोजक एवम पूर्व अध्यक्ष बाबुकाजी नुच्छे प्रधानले अझै पनि सर्वसहमतीको प्रयास जारी रहेको भएपनि सहमती जुट्न नसकेको बताउनु भयो । उद्योग वाणिज्य संघमा लालबन्दीका करिब २ हजार २ सय भन्दा बढी उद्योगी, व्यापारीहरु आवद्ध छन् ।
यस्तै, साधारण सभाकै अवसरमा उद्योग वाणिज्य संघ लालबन्दीको नवनिर्मित ३ तले भवनको समेत उद्घाटन समेत गरेको छ । रु १ करोड ४४ लाखको स्टिमेट अनुसार आधुनिक किसिमको भवन निर्माण गरिएको उद्योग वाणिज्य संघ लालबन्दीका वर्तमान अध्यक्ष जोशीले बताउनु भयो । 

सम्बन्धित समाचार