सर्लाहीको लालबन्दी नगरपालिका १६ भोर्लेनी स्थित जङ्गलमा मोटरसाइकल र कार दुर्घटना हुँदा तीन जना घाईते भएका छन्।लालबन्दी नगरपालिका १६ भोर्लेनी स्थित जंङ्गलमा मोटरसाइकललाई कारले ठक्कर दिँदा मोटरसाईकलमा सवार तीनजना घाईते भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार लालबन्दी नगरपालिका १६ भोर्लेनी स्थित जङ्गलमा रानिगन्जबाट परवानिपुर तर्फ जाँदै गरेको बा २१ च ६८६४ नम्बको कारले विपरित दिशा तर्फबाट आउँदै गरेको ना ६१ प ६५३३ नम्बरको मोटरसाइकललाइ ठक्कर दिँदा मोटरसाईकलमा सवार लालबन्दी नगरपालिका १५ परवानिपुरका अन्दाजी वर्ष ४१ का पालसाङ योन्जन,अन्दाजी वर्ष पाँचका प्रयास योन्जन र सोही मोटरसाईकलमा सवार अन्दाजी वर्ष ७०/७२ कि दामामाया योन्जन घाईते भएका हुन् ।
ठक्कर दिने कारले घाइतेहरुलाई सोही कारमा राखी उपचारको लागी लालबन्दी स्थित उपचारका लागि लैजाँदै गरेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले दुर्घटनामा संग्लग्न कार र कारका चालक लालबन्दी नगरपालिका ७ का अन्दाजी वर्ष ३१ का उमाशंकर साहलाई नियन्त्रणमा लिएको छभने घाईते तीनै जनाको लालबन्दीमा उपचार भई रहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।