जन्म दिनमा प्रधानाध्यापक जिम्वाद्धारा विद्यालय परिसरमा वृक्षारोपण

690 Shares

सर्लाहीको बागमती नगरपालिका २ धरहरा स्थित रहेको जनबाल कल्याण मा.वि.का प्रधानाध्यापकले आफ्नो जन्म दिनको अवसरमा विद्यालय परिसरमा विभिन्न प्रजातिका फुलका विरुवा रोपेका छन् ।बागमती नगरपालिका २ धरहरा स्थित रहेको जनबाल कल्याण मा.वि.का प्रधानाध्यापक प्रकाश बहादुर जिम्वाले आफ्नो जन्म दिनको अवसरमा विद्यालय परिसरमा विभिन्न प्रजातिका फुलका विरुवा रोपेका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष टंक बोहोराले जानकारी दिए ।
जन्म दिनको अवसरमा होटलहरुमा पार्टी मनाउँनु भन्दा भोलिका दिनमा पनि याद गर्न लायक केही गरौँ भन्ने सोचेर आफु कार्यरत रहेको विद्यालय परिसरमा फुलका विरुवा रोपेको प्रधानाध्यापक जिम्वाले बताए ।पछिल्लो समयमा आफ्नो जन्म दिनको अवसरमा होटलहरुमा पार्टी दिने तथा विलासी खर्च गर्ने क्रम बढि रहेको समयमा युवाहरुमा सकारात्मक सन्देश जाओस र जन्म दिनको अवसरमा यादव गर्न लायक काम गर्नु पर्दाे रहेछ भन्ने सन्देश प्रवाह होस भन्ने आफुले चाहेको प्रधानाध्यापक जिम्वाले बताए ।

सम्बन्धित समाचार