महाेत्तरीकाे गाैसलाबाट रु २० हजार घुस रकम सहित दुईजना प्रहरीलाई अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालय बर्दिवासकाे टाेलीले नियन्त्रणमा लिएको छ ।
गाैसला नगरपालिका १२ स्थित गैरी टाेलकाे मुसहर बस्ती जाने बाटाेबाटा प्रहरी चाैकी कान्तिबजारका प्रहरी प्रमुख असई शर्मा प्रसाद यादव र हबल्दार मन्जित कुमार झालाई रु २० हजार रकम सहित रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालय बर्दिवासले जनाएको छ । जग्गाको भाेग चलन सम्बन्धि विवाद मिलाई दिन्छु भन्दै सेवाग्राहीसंग रु २० हजार घुस रकम माग गरेपछि अख्तियारले विशेष अप्रेसन गरेर उनीहरुलाई पक्राउ गरेकाे पाईएकाे छ । गाैसला नगरपालिका १२ स्थित गैरीटाेल भन्दा पुर्व उतरपट्टी मुसहर बस्ती जाने बाटोमा उभिरहेकाे अवस्थामा गाेप्य सुचनाकाे आधारमा पुगेकाे अख्तियारकाे टाेलीले हवलदार झाकाे साथबाट रु २० हजार रकम फेला पारेपछि साेधपुछ गर्दा असई यादवकाे समेत संग्लग्नता देखिएपछि दुवैजनालाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयाेगकाे कार्यालय बर्दिसवासले जनाएको छ ।
नियन्त्रणमा लिईएका असई यादव र हबल्दार झामाथि थप अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।तर पछिल्लाे समय अख्तियारले रंगेहात पक्राउ गरेका मानिसहरु पनि सफाई पाएर खुलेआम हिडिरहँदा अख्तियार माथिपनि सर्वसाधारणले शंका गर्न थालेका छन् ।