सर्लाहीका २० वटै पालिकामा एमालेको भेला र प्रदर्शन

429 Shares

नेकपा(एमाले)सर्लाहीले जिल्लाका २० वटै पालिकामा भेला तथा प्रदर्शन गरेको छ ।जेनजी पुस्ताको आन्दोलनपछि विकसित भएको राजनीतिक घटनाक्रमको विषयमा बहस गर्न देशभरका सबै पालिकाहरुमा कार्यक्रम गर्ने केन्द्रको निर्देशन अनुसार सर्लाहीका २० वटै पालिकाहरुमा भेला तथा प्रदर्शन गरिएको एमाले सर्लाहीका उपाध्यक्ष विदुर कुमार प्याकुरेलले जानकारी दिए ।
उनका अनुसार कात्तिक २९ गते बरहथवामा जिल्लास्तरिय भेला एवम जनप्रदर्शन गर्ने तयारी रहेको छ।जेनजी पुस्ताको आन्दोलनपछि पार्टीको कार्यदिशाबारे आम नागरिक र कार्यकर्तालाई प्रष्ट पार्न भेला तथा प्रदर्शन आयोजना गरिएको एमाले सर्लाहीले जनाएको छ । एमाले सर्लाहीका अनुसार पार्टीको आगामी मंसिर २७,२८ र २९ गतेका लागि काठमाडौंमा तय गरिएको ११ औँ महाधिवेशनको तयारीका लागि पनि पालिका र जिल्लास्तरको भेला आयोजना गरिएको हो ।

सम्बन्धित समाचार