डम्बरपुर फ्याफुल्ला प्रतियोगिताको सेमिफाइनलमा सहमति युवा क्लब प्रवेश 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-६-२७ गते   ५७४ पटक हेरिएको

बारा जिल्ला निजगढ नगरपालिका  १३ डम्बरपुरमा जारी फ्याफुल्ला नकाउट फुटबल प्रतियोगितामा सहमति फुटबल क्लबले सपुज गण आधाभार विभागीय आर्मी टोलीलाई ०–१ गोलले हराएको छ । शनिबार भएको खेलमा सहमति फुटबल क्लबले जितसंगै रतनपुर पानीट्यङ्की फुटबल क्लब निजगढ–११ संगको भेट पक्का गरे हो । फाईनलकालागि सहमतिले पानीट्याङ्की फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । डम्बरपुर स्थित फ्याफुल्ला फुटबल क्लबको मैदानमा भए सो खेल प्रतिस्पर्धात्मक र रोमन्चक  रहेका थिए । 

खेलाको अन्तिम समयको १ मिनेट बाँकी रहँदा  सहमति फुटबल क्लबको तर्फबाट अन्तर्राष्ट्रिय फुटबल टोली साफ यु–१९ च्याम्पियनसिपका सर्वाधिक चम्किएका खेलाडी समीर तामाङ्गले गरेको १ गोल नै निर्णयक गोल हुन पुग्यो । यो जितसंगै सहमति सेमिफाइनलमा प्रवेश गरेको छ । सो खेलको म्यान अफ द म्याच सहमति फुटबल क्लबका अन्तर्राष्ट्रिय फुटबल टोली साफ यु–१९ च्याम्पियनसिप समीर तामाङ्गले घोषित भएको छ । 

तामाङ्गलाई फ्याफुल्ला फुटबल क्लबका अध्यक्ष दिलिप लामाले ट्रफी हस्तान्तरण गरेका थिए । त्यस्तै  असोज २८ गते आईतबार दिनको ३ बजे हुने खेलमा ग्रामिण विकास निजगढ–१२ कोलगाऊँ र न्यू जनजागृती निजगढ–५ खोल्माटोल विच हुने आयोजक समितिका सचीव जीवन पाख्रीनले जानकारी दिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech