चिसो प्रभावितलाई सेनाद्धारा दाउरा वितरण

194 Shares

सर्लाहीको लालबन्दी नगरपालिका २ स्थित नेपाली सेनाको कालीध्वज गण पाँचकुमारी ब्यारेकले लालबन्दी नगरपालिकाको बजार क्षेत्रमा दाउरा वितरण गरेको  छ । निरन्तरको शीतलहरले चिसो बढेर प्रभावित भइरहेका स्थानीयलाई मध्यनजर गरी लालबन्दी नगरपालिकाको बजार क्षेत्र सहित लालबन्दी नगरपालिका ३,४ र ५ क्षेत्रमा दाउरा वितरण गरिएको कालीध्वज गणका गणपति एवम प्रमुख सेनानी उमेश खड्काले बताए ।उनका अनुसार नेपाली सेनाले चोक बजारमा दाउरा खसालेर आफै आगो बालिदिने र चिसोबाट प्रभावित स्थानीयलाई दाउरा वितरण गर्ने काम समेत गरेको हो।
नेपाली सेनाले बजार तथा चोकमा आगो ताप्ने व्यवस्था मिलाइदिँदा विभिन्न ठाउँबाट बजार आएका मानिस,पैदलयात्रु र स्थानीय मानिसहरुलाई राहत मिलेको स्थानीयले बताए ।जिल्लाका कतितपय स्थानीय तहहरुका साथै डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले पनि केही दिन पहिला जिल्लाका चोक चौतारामा  दाउरा विवतरण गरेको थियो ।

सम्बन्धित समाचार