सशस्त्र प्रहरीद्धारा मलंगवाबाट करिब १४ लाखबराबरको सुन सहित मानिस नियन्त्रणमा

2.8k Shares

सर्लाहीको मलंगवा नगरपालिका ९ बाट सशस्त्र प्रहरीले  करिब रु १४ लाख बराबरको अवैध सुन बरामद् गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं १० गण र वोर्डर आउट पोष्ट(बिओपि)मलंगवाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा करिब रु १४ लाख बराबरको सुनका गहना बरामद् गरेको हो ।
मोटरसाईकलमा लुकाईछिपाई महोतरी तर्फबाट सर्लाही तर्फ आउँदै गर्दा मोटरसाईकल त्यसमा सवार एक जना र १५३.६५ ग्राम सुन बरामद् गरेको सशस्त्र प्रहरी बल, नेपाल नं १० गण सर्लाहीका गणपति सशस्त्र प्रहरी उपरिक्षक भरत खनियाँले जानकारी दिनु भयो । उहाँका अनुसार मलंगवा टावर चोक अगाडि ना २३ प ४४२७ नंम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्नेक्रममा १५३.६५ ग्राम सुन सहित लालबन्दी नगरपालिका ४ बस्ने मिसरान अन्सारीलाई पक्राउ गरिएको हो ।
शुक्रबार दिउँसो सुन सहित मोटरसाईकल र मोटरसाईकलमा सवार अन्सारीलाई जिल्ला  भन्सार कार्यालय सर्लाही बुझाइएको सशस्त्र प्रहरी उपरिक्षक खनियाँले बताउनु भयो । बरामद् भएको सुन र मोटरसाइकल गरि करिब रु १३ लाख ९७ हजार ५ सय ४१ को रहेको सशस्त्र प्रहरीले जनाएको छ । विलविजक नभएको र धेरै मात्रामा भएका कारण नियन्त्रणमा लिएर भन्सार बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार