सर्लाही प्रहरीले करिब ६ लाखको भन्सार छलीका सामानहरु आवश्यक कार्बाहीका लागि भन्सार बुझायो

81 Shares

सर्लाहीका विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिएका करिब ६ लाख बराबरका विभिन्न किसिमका भन्सार छलीका सामानहरु जिल्ला प्रहरी कार्यालय सर्लाहीले सर्लाही भन्सार कार्यालय मलंगवा बुझाएको छ ।जिल्लाका विभिन्न स्थानहरुबाट प्रहरीले नियन्त्रणमा लिएको मोटरसाईकल सहित भन्सार छली नेपाल भित्र्याउँदै गरेका कपडा,झोला,सुटकेश र पेय पदार्थ तथा किरानाका सामानहरु आवश्यक कार्बाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवा बुझाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार पाँच लाख ९९ हजार नौ सय ६५ रुपैँया बराबरको विभिन्न किसिमका भन्सार छदीका सामानहरु सार्लही भन्सार कार्यालय मलंगवालाई बुझाएको हो ।WhatsApp Image 2024-05-26 at 19.56.32_af300d81.jpg
जिल्ला प्रहरी कार्यालय सर्लाही र मातहतका प्रहरी कार्यालयहरुबाट जिल्लाका विभिन्न स्थानमा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा संकलन गरिएका सवारी साधन सहितका सामग्रीहरु आवश्यक कार्बाहीका लागि भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।जिल्लाका विभिन्न स्थानहरूबाट अवैध रुपमा भन्सार छलेर छिमेकी देश भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा दुई वटा मोटरसाईकल सहित भन्सार छली नेपाल भित्र्याउँदै गरेका कपडा,झोला,सुटकेश र पेय पदार्थ तथा किरानाका सामानहरु आवश्यक कार्बाहीका लागि भन्सार कार्यालय बुझाईएको प्रहरीले जनाएको छ।WhatsApp Image 2024-05-26 at 19.56.30_ea63c1d1.jpg

जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी प्रमुख भएर प्रहरी उपरिक्षक सिंह आएदेखि भन्सार छलीका सामानहरु नियन्त्रणमा लिने काम व्यापक हुनुका साथै लागु औषध सहित मानिसहरु नियन्त्रणमा लिने काम पनि व्यापक भएको छ ।भने लागु औषध कारोबारी तथा भन्सार छलीका समानहरु ओसार पसार गर्नेहरुको निद हराम भएको छ ।

सम्बन्धित समाचार