Close This

५० जना दलीत बालबालीकालाई शैक्षिक सामाग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-३-३ गते   ७५९ पटक हेरिएको

चन्द्रनगर गाउँपालिका २ को बिर्ता बजारका ५० जना दलीत बालबालीकालाई शैक्षिक सामाग्री सहयोग गर्दै नेल्सन मण्डेला फाउण्डेशनका सञ्चालक कमल महत्तो

सर्लाहीको चन्द्रनगर गाउँपालिका २ को बिर्ता बजारका ५० जना दलीत बालबालीकालाई शैक्षिक सामाग्री सहयोग प्राप्त भएको छ । 
लालबन्दी नगरपालिका २ को मण्डेला इन्टरनेस्नल पोलिटेक्निकल इन्स्च्यिुट प्रा.लीका सञ्चालक कमल महत्तोले आफ्नो २४ औँ वसन्त जन्म दिनको अवसरमा दलीत बालबालीकालाई शैक्षिक सामाग्री सहयोग गर्नु भएको हो । विद्यालयको पहुँच बाहिर रहेका दलीत बालबालीकालाई शिक्षा प्रति आक्रषर्ण गर्न तथा पठन पाठनमा निरन्तरता दिन सहयोग पुगोस भनेर महत्तोले कापी कलम लगायतका शैक्षिक सामाग्री सहयोग गरेको बताउनु भएको छ । अति गरीब तथा आर्थिक अवस्था कमजोर भएका दलीत बालबालीकाहरु आफ्नो परिवारको आर्थिक कमजोरीका कारण विद्यालय सम्म पुग्न नसकि रहेको समयमा आफुले सहयोग गर्दा पठन पाठनका लागि सहयोग पुग्ने अपेक्षा गरेको महत्तोले बताउनु भएको छ ।
सो क्षेत्रका दलीत समुदायका मानिसहरुको पारिवारीक अवस्था कमजोर रहेका कारण दिनभर अर्काको काम गरेर साँझ बिहानको छाक टार्न बाध्य छन । “गाउँमा विद्यालय छ तर पारिवारीक स्थिती कमजोर भएका कारण किताब कापी समेत खरिद गर्न सक्ने अवस्था नरहेका कारण आफ्ना छोराछोरीलाई चाहेर पनि विद्यालय पठाउन नसकिएको” चन्द्र नगर गाउँपालिका २ का रामचन्द्र दासले बताए । 
गाउँमा एक जना आफैँ शारिरीक रुपमा अशक्त रहेका शिवनाथ राउत (कहार)ले सो क्षेत्रका विद्यालय भन्दा बाहिर रहेका ५० जना दलीत बालबालीकालाई विगत करिब ३ वर्षदेखि निशुल्क पढाई रहेका छन । “विद्यालय क्षेत्र भन्दा बाहिर रहेका दलीत बालबालीकालाई उनले निशुल्क पढाई रहँदा आफुहरु खुसी भएको” चन्द्रनगर २ का अर्का मरु माझी मुसहरले बताउनु भयो ।


नेल्सन मण्डेला फाउण्डेशनका सञ्चालक महत्तोले यस अघिपनि लालबन्दी नगरपालिका २ मा रहेको पद्धम भुवनेश्वरी नमुना बृद्ध सेवाश्रम, हरिवन नगरपालिका ५ को अत्रोलीमा रहेका द्धन्द्ध पीडित बाल गृह, काठमाण्डौँ अनाथाश्रम,मलंगवा अनाथाश्रम लगायतका बृद्धाश्रम तथा बाल गृहहरुमा रहेका बालबालीका तथा बृद्धबृद्धाहरुलाई विभिन्न समयमा मिष्ठान्न भोजन समेत गराउँदै आउनु भएको छ ।

दिनदुखी तथा गरीब तथा दलीत समुदाय प्रति लक्षित गरी महत्तोले देखाएको समाजसेवाले अरु समाजसेवीको समेत ध्यानाकर्षण गराएको पाईएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech