Close This

हरिवन नगरपालिका मधेश प्रदेशको पहिलो क्षय रोग मुक्त नगर भएको हेर्न मन छ स्वास्थ्य निर्देशक झा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-१० गते   ३०३७ पटक हेरिएको

नेपाल सरकारले सन् २०३८ साल सम्ममा क्षय राेग उन्मुलन गर्ने लक्ष्य लिएको मधेश प्रदेशका स्वास्थ्य निर्देशक विजय कुमार झाले बताउनु भयाे ।  मधेश प्रदेशकाे हरिवनमा आयाेजना गरिएको १४० अाै विश्व क्षय राेग दिवशकाे अवसरमा मधेश प्रेदशका तीन स्थानिय निकाय बाराकाे निजगढ नगरपालिका,सर्लाहीको हरिवन नगरपालिका र धनुषाकाे लक्ष्मिनिया गाउँपालिकाले क्षय राेग निवारणका लागि प्रतिवद्वता जनाएका निर्देशक झाले बताउनु भयाे । उहाँले स्वास्थ्य तथा विकासकाे सुचकमा मधेश प्रदेश पछाडि परेकाे बताउदै  नेपालका २२ स्थानिय निकाय क्षय राेग मुक्त पालिका बनाउने याेजना अनुसार मधेश प्रदेशका ३ स्थानिय निकाय पनि सहभागी भएको बताउनु भयाे। उहाँले मधेश प्रदेशकाे क्षय राेग मुक्त स्थानिय निकाय मधेस प्रदेश मै पहिलाे हरिवन नगरपालिका भएको हेर्न चाहेकाे बताउनु।भयाे ।
नेपालमा करिब ६० प्रतिशत क्षय राेगका बिरामीहरु उपचार नगरी बसेका बताउनु भयाे । जसका कारण हरेक वर्ष क्षय राेगका बिरामीहरु बढि रहेका स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  पुरातन परम्परामा आधारित भएका कारण पनि क्षय राेगीहरु बढेका नगर स्वास्थ्य शाखाले जनाएको छ ।
 दिवशकाे अवसरमा प्रभात फेरि तथा अन्तरक्रिया कार्यक्रम  गरिएको हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाईंले बताउनु भयाे । उहाँले खानपान र रहनसहनले गर्दा पनि क्षय राेग लाग्ने बताउँदै हरेक नेपालीले आफ्नाे जीवनशैलीमा परिवर्तन गर्नु पर्ने बताउनु भयाे । पुरानाे शैली,रितिरिवाजका कारण क्षय राेगीहरुकाे संख्या बढी रहेकाे बताउनु भयाे ।क्षय राेग मुक्त मात्र नभई हरिवन नगरपालिकाले घरघरमा खाेप सेवा सञ्चालन गरि नगरलाई पुर्णखाेप मुक्त नगरपालिका बनाउने काममा लागि परेकाे नगर उप प्रमुख रेणुका पाैडेलले बताउनु भयाे ।
हरेक वर्ष  मार्च २४ तारिखमा मनाईने विश्व क्षय राेग दिवशकाे अवसर पारेर हरिवनमा प्रभात फेरि सहित अन्तरक्रिया कार्यक्रम गरि दिवश मनाईएकाे हरिवन नगर स्वास्थ्य शाखा प्रमुख शशिकान्त सिहले बताउनु भयाे ।  विश्व क्षय राेग दिवशकाे यस वर्षको मुल नारा द क्लक ईज टिकिंङ भन्ने रहेकाे छ ।
क्षय राेग घटाउन,लगानी बढाउँ,ताैल घटाउँ लगायतका नारा लेखिएका प्ले कार्ड बाेकेर प्रभात फेरि सहित अन्तरक्रिया कार्यक्रम गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख सिहले जानकारी दिनुभयाे । मधेश प्रदेशका स्वास्थ्य निर्देशक  झाकाे प्रमुख अतिथ्यता तथा नगर उप प्रमुख रेणुका पाैडेलकाे विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नगर प्रमुख  प्रसाईंकाे अध्यक्षता रहेकाे थियाे । प्रभात फेरीले हरिवन बजारकाे परिक्रमा गरि नगरपालिकाकाे प्राङ्गणमा पुगेर काेणसभामा परिणत भएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।  

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech