नेपाल सरकार गृह मन्त्रालयले सिन्धुली लगायत २० जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ।मन्त्रालयको निर्णयानुसार राजपत्रांकित प्रथम र द्वितीय श्रेणीका कर्मचारीहरूको सरुवा,पदस्थापन र काज खटाइएको गृह मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्मालाई गृह मन्त्रालय तानेर सह सचिव दिनेश सागर भुसाललाई प्रमुख जिल्ला अधिकारीको रुपमा सिन्धुली खटाईएकोे छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा प्रमुख जिल्ला अधिकारीको रुपमा आएका शर्माको कार्यशैली प्रति जिल्लाबासी नागरिकहरुले सास्ती भोगेका थिए।भने कर्मचारीहरु पनि असन्तुष्ट देखिएका थिए ।आफुलाई सबै जान्नेबुझ्ने सम्झीने सह सचिव शर्माले आफुलाई तानाशाही रुपमा प्रस्तुत गर्ने गरेका जिल्ला प्रशासन कार्यालय सिन्धुलीका एक कर्मचारीले बताए ।