Close This

माण्डवी नेपालको‘शी लिड्स’ अन्तरगत बागमतीमा अन्र्तक्रिया

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-५ गते   १२१ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिकाका वडाध्यक्ष र वडा सदस्यहरुसगँ ‘शी लिड्स’ कार्यक्रम अन्तर्गत अन्र्तक्रिया कार्यक्रम गरिएको छ । बागमती नगरपालिका १२,स्थित होटल ह्यारिसनमा लैङ्गिक समानता तथा स्थानीय सरकारमा निर्वाचित महिला प्रतिनिधिको भुमिकाका सम्बन्धमा पुरुष वडाध्यक्ष र पुरुष सदस्यहरुसगँ अन्र्तक्रिया कार्यक्रम गरिएको आयोजक माण्डवी नेपालकी अध्यक्ष अन्जु झाले जानकारी दिईन् ।
उनका अनुसार कार्यक्रममा महिला प्रतिनिधिहरुको नेतृत्व क्षमता विकास तथा सुदृढिकरणको लागि पुरुष सहकर्मीहरुको भुमिकाको विषयमा विषेश चर्चा गरिएको हो ।‘शी लिड्स’ कार्यक्रमले महिला नेतृत्वको भूमिकालाई निरन्तरता दिदै,आत्मविश्वास र नेतृत्व सीपलाई अझ निखार्दै उनीहरुको भूमिकालाई बढी प्रभावकारी बनाउन सहयोग पुग्ने माण्डवी नेपालकी अध्यक्ष झालेबताईन् ।
जिल्लाको बागमती नगरपालिका,बरहथवा नगरपालिका,हरिपुर्वा नगरपालिका, कविलासी नगरपालिका र हरिवन नगरपालिकामा महिला नेतृत्व ‘शी लिड्स’कार्यक्रम सञ्चालन भईरहेको आयोजकले जनाएको छ । यस परियोजनाले मुख्यत कार्यक्रम संचालन भएका पालिकाहरुका वडा तहमा निर्वाचित महिलाहरुको योजना तथा निर्णय प्रकृयामा अर्थपूर्ण सहभागीताका लागी समग्र नेतृत्व क्षमता सुदृढ गर्ने अपेक्षा गरिएको आयोजक संस्थाले जनाएकोे छ । कार्यक्रममा सहभागी पुरुष वडाध्यक्ष तथा वडा सदस्यहरुले आगामी दिनमा महिला सहकर्मीहरुलाई नेतृत्वमा ल्याउन महत्वपुर्ण भुमिका खेल्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए । 
आईफिएस नेपालको प्राविधिक सहयोग,स्विस सरकार विकास सहयोग (एसडिसि) र अस्टे«लियन सरकारको आर्थिक सहयोग तथा माण्डवी नेपालको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको परियोजनाका कार्यक्रम संयोजक मनिल श्रेष्ठले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech