ईश्वरपुर नगरपालिकालाई बारुण यन्त्र सहयाेग

279 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिकालाई बारुण यन्त्र(दमकल) प्राप्त भएको छ । मधेश प्रदेश सरकारकाे गृह,सञ्चार तथा कानुन मन्त्रालयकाे सहयाेगमा सर्लाहीकाे ईश्वरपुर नगरपालिकाले सञ्चालन गर्ने गरि करिब ७५ लाख बराबरकाे बारुण यन्त्र(दमकल) प्राप्त भएको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनाेज कुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार २० वटा पालिका रहेकाे सर्लाहीका अरु पालिकामा वर्तमान अवस्था बारुण यन्त्र(दमकल) नरहुँदा आगलागी भई हालेमा समस्या रहेकाे थियाे साथै हरिवन नगरपालिकासंग रहेकाे बारुण यन्त्र(दमकल) पनि जेनजी आन्दाेलनकाे समयमा जल्दा सर्लाहीका सबै पालिका वारुण यन्त्र(दमकल) विहिन भएका थिए ।

मधेश प्रदेश सरकारसंग सहयाेग मागिएकाेमा नेपाली सेना कालीध्वज गण पाँच कुमारी व्यारेककाे संरक्षणमा रहने गरि ईश्वरपुरलाई प्राप्त भएको बारुण यन्त्र(दमकल) ईश्वरपुर सहित, लालबन्दी,हरिपुर र हरिवन नगरपालिका तथा चन्द्रनगर गाउँपालिकालाई बढी लक्षित गरि सञ्चालन गरिने ईश्वरपुर नगरपालिकाकी नगर उप प्रमुख रन्जिता देवी चाैधरीले बताईन।उनका अनुसार यससँगै ईश्वरपुर नगरपालिका सहित बरहथवा नगरपालिका र चक्रघट्टा गाउँपालिकामा अब वारुण यन्त्र(दमकल) रहेका छन्।

मलंगवा नगरपालिकामा रहेकाे बारुण यन्त्र(दमकल) पुरानाे भएर विग्रेकाे छ भने हरिवन नगरपालिकाकाे वारुण यन्त्र(दमकल) जेनजी आन्दाेलनकाे क्रममा जलेकाे छ।बारुण यन्त्र (दमकल)काे ईन्धन लगायत मर्मत सम्भारकाे काम ईश्वरपुर नगरपालिकाले गर्ने छ भने नेपाली सेनाका चालकले बारुण यन्त्र(दमकल) चलाउने छन् ।

सम्बन्धित समाचार