सर्लाहीको मलंगवाबाट शसस्त्र प्रहरीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । मलंगवा नगरपालिका ९ स्थित वोर्डर क्षेत्रमा गस्तीमा खटिएको शसस्त्र प्रहरीले खाना पकाउने ग्याँस सिलिण्डरमा लुकाएर लागूऔषध नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल वोर्डर आउट पोष्ट(बिओपी) मलंगवाकाको शसस्त्र प्रहरी गस्ती टोेलीले भारतबाट ग्याँस सिलिण्डर बोकेर नेपालतर्फ आउँदै गरेका भारतको सितामाढी जिल्ला रुवी सैदपुर थाना निवासी ६३ वर्षीय सुरेन्द्र राउत र सोही ठाउँ घर भएका ३२ वर्षीय नेता शर्मालाईलागु औषध वीनसीरेक्स ९४ बोतल सहित पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । शसस्त्र प्रहरीका अनुसार बोर्डर आउट पोष्ट मलंगवाको टोलीले ग्याँस सिलिण्डर बोकेर आएका दुवैजनालाई शुक्रबार ३२५ नम्बरको सीमा स्तम्भ नजिक शंका लागि रोकेर चेकजाँच गर्दा सिलिण्डरको तलपट्टी कालोटेपले टाँसेर सय मिलिलिटरका दरका ९४ वटा बोतलहरु प्याक गरिएको अवस्थामा फेला परेको थियो । एउटा सिलिण्डरमा ४८ तथा अर्को सिलिण्डरमा ४६ वटा बोतलहरु फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद् ग्याँस सिलिण्डर र लागूऔषध सहित पक्राउ परेका दुवैजना भारतीय नागरिकलाई आवश्यक कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीकोे जिम्मा लगाईएकोशसस्त्र प्रहरीले जनाएको छ । सिमानामा सुरक्षा व्यावस्थामा थप कडाई गरेपछि लागूऔषध कारोबारी एवम सेवनकर्ताले मोटरसाईकल र साईकलको टायर, टिउ, तरकारीको बोरा, ग्याँस सिलिण्डर लगायतका साधनहरुमा लुकाएर भारतबाट नेपालतर्फ भित्र्याउने गरेका पाइएको छ ।
भारतमा खुला रुपमा किनबेच हुने कोरेक्स, वीनसीरेक्स लगायत खोकीका औषधीहरु नेपालमा भने प्रतिबन्धित छन् । लागूऔषधको रुपमा प्रयोग बढ्दै गएपछि भारतमा उत्पादन हुने विभिन्न औषधीहरु नेपालमा प्रतिबन्ध लगाईएको छ । भने सिमानामा खटिएका सुरक्षाकर्मीहरुले थप कडाई गरेपछि लागु औषध तथा भन्सार छलीका सामानहरु धमाधाम नियन्त्रणमा आउन थालेका छन् । भने तस्करहरुको निदहराम भएको छ ।