Close This

उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष मगरसहित जितपुर र चपुरका अध्यक्षहरु सम्मानीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-२८ गते   ९७३ पटक हेरिएको

उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र कुमार बलम्पाकी मगर(दिपक)लाई नेपाल होटल तथा पर्यटन व्यावसायी महासंघ मधेश प्रदेशले सम्मान गरेको छ । उद्योग बाणिज्य संघ लालबन्दीको निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित हुनु भएका मगरलाई नेपाल होटल तथा पर्यटन व्यावसायी महासंघ मधेश प्रदेशले सम्मान गरेको हो ।
नेपालीहरुको महान चाड बढा दशैँ र विश्व पर्यटन दिवश २०२२ को अवसरमा बाराको जितपुर सिमरा उपमहानगरपालिका स्थित होटेल श्रेष्ठ रेसिडेन्सीमा आयोजीत एक कार्यक्रममा उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष मगर, नगर उद्योग बाणिज्य संघ जितपुर सिमराका अध्यक्ष मोहन शर्मा र चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटालाई सफल कार्यकालकोशुभकामना सहित सम्मान गरिएको नेपाल होटल तथा पर्यटन व्यावसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले जानकारी दिनु भयो ।
भरखरै सम्पन्न उद्योग बाणिज्य संघको निर्वाचनमा उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष मगर, नगर उद्योग बाणिज्य संघ जितपुर सिमराको अध्यक्ष पदमा शर्मा र चन्द्रपुर नगर उद्योग बाणिज्य संघ रौतहटको अध्यक्ष पदमा सापकोटा निर्वाचित हुनु भएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech