नेकपा(माओवादी केन्द्र)को शुभेच्छुक संगठन प्रेस सेन्टर नेपाल जिल्ला कमिटि सर्लाहीको पाँचौँ पुर्ण बैठक सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल जिल्ला कमिटि सर्लाहीका अध्यक्ष पत्रकार शंखर पहाडी(गौरब)को अध्यक्षतामा सर्लाहीको लालबन्दीमा पाँचौँ पुर्ण बैठक शनिबार सम्पन्न भएको हो ।
२०७८ मंसिर ३ गते सम्पन्न प्रथम जिल्ला अधिवेशन एवम सम्मेलनबाट सर्वसहमत चयन भएको प्रेस सेन्टर नेपाल जिल्ला कमिटि सर्लाहीले जिल्लामा भएको सावर्जनकि सम्पती माथीको हस्तक्षेप विरुद्ध ज्ञापन पत्रबुझाउने तथा स्थानिय संचारमाध्यामहरुका लागि स्थानिय सरकारको ध्यानाकर्षण गराउने लगायतका चर्चित काम समेत गरेको छ ।
कमलामाई मिडिया प्रा.लिको सभाहलमा भएको पाँचौँ पुर्ण बैठकले हालै सम्पन्न स्थानिय निकायको निर्वाचनमा प्रेस सेन्टर नेपाल सर्लाहीको भूमिका,पार्टीबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना व्यक्त,पार्टी जिल्ला कमिटिको गतिविधिहरुमा प्रेस सेन्टर नेपाल सर्लाहीको सहभागीता एवम समन्वय, पार्टीको जिल्लाको गतिविधिहरुमा प्रेस सेन्टर नेपाल सर्लाहीको सुझाब,पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुबाट संगठनलाई गर्न सक्ने सहयोगका सम्बन्धमा पार्टीका जिल्ला संयोजक लगायतका नेताहरुका साथै पार्टीबाट उम्मेदवारी दिएर निर्वचित भएका जनप्रतिनिधिहरुलाई जानकारी,नेपाल पत्रकार महासंघ सर्लाही शाखाको गतिविधिहरुमाथी गंभिर ध्यानाकर्षण,प्रेस सेन्टर नेपाल सर्लाहीको आफ्नो भौतिक संरचना निर्माणका लागि पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुसंग सहयोग माग,प्रेस सेन्टर नेपाल सर्लाही जिल्ला कमिटिमा सदस्यहरु थपघट गर्ने लगायतका निर्णयहरु भएका प्रेस सेन्टर नेपाल सर्लाहीकी उपा अध्यक्ष शर्मीला रमौली मगरले जानकारी दिनु भयो ।
प्रथम जिल्ला अधिवेशन एवम सम्मेलन गरेदेखि नै फरक खालका गतिविधिहरु गरि रहेको प्रेस सेन्टर नेपाल सर्लाहीले पाँचौँ पुर्ण बैठकबाट लगातार तीन पटक सम्म बैठकमा उपस्थित नहुने संगठनका पदाधिकारी एवम सदस्यहरुबाट लिखित स्पष्टीकरण माग गर्ने र संगठनको मासिक बैठक हरेक महिनाको दोस्रो शनिबार नियमित गर्ने लगायतका निर्णय भएकोप्रेस सेन्टर नेपाल सर्लाहीका सचिव रमेश अधिकारी(रितिक)ले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय पार्टीका नेता तथा कार्यकर्ताहरुमा मोनोपोली बढेको भन्दै त्यस प्रकार गतिविधिहरु नगर्न नगराउन समेत प्रेस सेन्टर नेपाल सर्लाहीको पाँचौँ पुर्ण बैठकले आग्रह गरेको छ ।साथै बैठकमा पार्टीका नेता एवम कार्यकर्ताहरुमा मोनोपोलि बढेको पार्टीको निर्देशन र निर्णय नमान्ने प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष गौरबले बताउनु भयो ।