Close This

कोरोना संक्रमणबाट जनकपुरकी ३८ वर्षीया महिलाको मृत्यु

पत्र पत्रिका    प्रकाशित: २०७७-४-२८ गते   ५४६ पटक हेरिएको

कोरोना संक्रमणबाट थप जनकपुरकी एक व्यक्तिको मृत्यु भएको छ ।काठमाडौँस्थित पाटन अस्पतालमा उपचाररत ३८ वर्षीया महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले जानकारी दिए ।

उनी साउन १८ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकी थिइन् ।यसअघि मंगलबार राति जनकपुरकै रामा होटेलका संचालक ७३ वर्षीय कृष्ण गिरीको मृत्यु भएको थियो ।

उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech