लालबन्दीका नीजि स्वास्थ्य संस्थाको लुट धन्दा,सामान्य उपचार गर्न आएका मानिसको रगतर पिसाब परिक्षण

425 Shares

सर्लाहीका अधिकांश बजारहरुमा व्यवसाय समेत दर्ता नगरी स्थानीय उपभोक्ता ठगिने गरेका पाइएको छ।जिल्लाका अधिकांशज बजारहरुमा सञ्चालित व्यापार व्यवसाय दर्ता विनै सञ्चालन भई रहेका पाइएको छ।आफ्नो व्यापार व्यावसाय पनि दर्ता नगर्ने र राज्यलाई कर समेत नतिर्ने तिनै व्यापारीहरुबाट स्थानीय उपभोत्ताहरु ठगिने गरेका पाइएको छ।त्यसमा पनि नीजि स्वास्थ्य संस्थाहरुको मनलाग्दी झन विकराल देखिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका साथै सरोकारवाला निकाय निकाय र प्रदेश सरकारको सम्बन्धीत शाखामा समेत सञ्चालन नहुने र बिरामीहरुबाट चर्काे शुल्क असुल्ने काम सर्लाहीमा सरोकारवालाको मौनताका कारण सामान्य बनि सकेको स्थानीयको गुनासो छ ।सामान्य घरायसी दुर्घटना भई घाईते भएर आएका लालबन्दी नगरपालिका १५ का एक स्थानीयलाई लालबन्दी नगरपालिका ६ स्थित रहेको पुरानो लालबन्दी मोडेल हेल्थ केयर प्रा.लिले उपचारको नाममा पिसाब तथा रगतको जाँच गरेर शुल्क असुल्ने काम गरेको पाइएको छ ।
अन्य सबै आवश्यक परिक्षण गर्दा खासै समस्या नदेखिएपछि लालबन्दी नगरपालिका ६ स्थित रहेको पुरानो लालबन्दी मोडेल हेल्थ केयर प्रा.लिका चिकित्सकले इर्मजेन्सी टिकट मै रगतको र पिसाबको परिक्षण गर्न भन्दै लेखेका छन्।सामान्य घरायसी दुर्घटना वा सवारी दुर्घटनाहरु भएपनि पिसाब तथा रगतको परिक्षण आवश्यक नभएपनि शुल्क असुल्ने बाहनामा लालबन्दी नगरपालिका ६ स्थित रहेको पुरानो लालबन्दी मोडेल हेल्थ केयर प्रा.लिका चिकित्सकले पिसाब र रगतको परिक्षण लेख्नु नाजायज रहेको स्थानीय जानकारहरु बताउँछन् ।
सो विषयमा बुझ्न ९७६६३६१३१४ र ९७६६३६१३४५ नम्बरमा फोन गर्दा मोवाईल अफ थियो भने लालबन्दी नगरपालिका ६ स्थित रहेको पुरानो लालबन्दी मोडेल हेल्थ केयर प्रा.लिको ल्याण्ड लाईन नम्बर ०४६ ५९०३१४ मा फोन गर्दा कुरा बुझिएन भन्दै त्यसका मानिसले फोन काटे ।
यता,लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानीलाई जानकारी गराउँदा उनले लालबन्दीका नीजि स्वास्थ्यहरुको मनलाग्दीबाट आफु आजित भएको बताए ।उनले ठूला सवारी दुर्घटनाहरुमा रगत चढाउनु पर्ने भए रत्त समुह पहिचान गर्न र रत्त समुह मिलान गर्न रगत परिक्षण गर्ने गरिएको भएपनि अरु अवस्थामा दुर्घटनाका घाईतेहरुको रगत परिक्षण तथा पिसाब परिक्षण आवश्यक नरहेको बताए ।यसबाट लालबन्दीका नीजि स्वास्थ्य संस्थाहरुले सोझा सादा स्थानीयलाई घुमाई फिराई डगि रहेका छन् भन्ने प्रष्ट भएको छ ।आफ्नो व्यवासाय दर्ता समेत नगरेको लालबन्दी नगरपालिका ६ स्थित रहेको पुरानो लालबन्दी मोडेल हेल्थ केयर प्रा.लिले पटक पटक यस प्रकारका हर्कतहरु गर्र्दै आएको भएको पनि सरोकारवाला निकाय मौन देखिएका छन् ।

सम्बन्धित समाचार