जिल्लाका ४ स्थानिय निकायमा कुनै पनि मनोनयन परेन्

2.2k Shares

सर्लाहीका २० वटा स्थानिय निकायमा ४९ जनाले प्रमुख पदमा मनोनय दर्ता गरेका छन् । जिल्लामा ११ वटा नगरपालिका र ९ वटा गाउँपालिका गरी २० वटा स्थानिय निकाय रहेका छन् । जसमा प्रमुख÷अध्यक्षमा ४९ जना र उप प्रमुख÷उपा अध्यक्षमा  २४ जनाको मनोनय परेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्लाका ११ नगरपालिका र ९ गाउँपालिकामा गरि कुल २ सय वटा वडा रहेकोमा अहिले सम्म १ सय ४२ वडा वडामा मात्र वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार पियाले जानकारी दिनु भयो । उहाँका अनुसार खुल्ला वडा सदस्यहरुमा १ सय ६२ जना र महिला वडा सदस्यमा ८१ जनाको मात्र मनोनयन दर्ता भएको छ । त्यसैगरी दलित महिला सदस्यमा ८२ जनाले मनोनयन दर्ता गरेका छन् ।
जिल्लाको हरिपुवा नगरपालिकामा नगर प्रमुख १ उप प्रमुख १ जनाको मनोनयन दर्ता भएको छ भने ९ जनाले वडा अध्यक्षमा आफ्नो मनोनयन दर्ता गरेका छन् । धनकौल गाउँपालिकामा अध्यक्ष १ र उपा अध्यक्ष १ जनाको मनोनयन दर्ता हुँदा कुनै पनि वडाको मनोनयन दर्ता भएको छैन । विष्णु गाउँपालिकामा अध्यक्षमा ५ र उपा अध्यक्षमा ५ जनाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत गीरमान थापाले जानकारी दिनु भयो ।
रामनगर गाउँपालिकामा अध्यक्षमा २ र उपा अध्यक्षमा १ जनाको मनोनयन दर्ता भएको छ ।मलंगवा नगरपालिकामा नगर प्रमुख पदका लागि ३ जनाको मनोनयन परेको छ भने उप प्रमुख खाली रहेको छ ।
कौडेना गाउँपालिकामा अध्यक्षमा ४ र उपा अध्यक्षमा ३ जनाको,बागमती नगरपालिका नगर प्रमुखमा ६ जनाको र उपा उपाध्यक्षमा खाली,गौडैता नगरपालिका नगर प्रमुखमा २ र  उप प्रमुखमा १ जनाको, पर्सा गाउँपालिकामा अध्यक्ष ३ र उपा अध्यक्ष १ जनाको,बरहथवा नगरपालिकामा नगर प्रम्ुाखमा ६ र उप प्रमुखमा १ जना,बलरा नगरपालिकामा नगर प्रमुखमा ४ र उप प्रमुखमा २ जनाको,चक्रघट्टा गाउँपालिकामा अध्यक्षमा ४ र उपा अध्यक्षमा १ जनाको,ब्रम्हपुरी गाउँपालिकामा अध्यक्षमा ५ र उपा अध्यक्षमा ३ जनाको,हरिवन नगरपालिकामा नगर प्रमुखमा १ र उपा प्रमुखमा १ जनाको त्यसैगरी कविलासी नगरपालिकामा नगर प्रमुखमा २ र उप प्रमुखमा ३  जनाको मनोनयन परेको निर्वाचन कार्यालयले जनाएको छ ।
यता,चन्द्रनगर गाउँपालिका,लालबन्दी नगरपालिका,बसबरिया गाउँपालिका,हरिपुर नगरपालिका र इश्वरपुर नगरपालिकामा नगर प्रमुख÷अध्यक्ष तथा उप प्रमुख÷उपा अध्यक्ष र वडा अध्यक्ष तथा सदस्यहरुको कुनै पनि पदमा मनोनयन दर्ता नभएको मुख्य निर्वाचन अधिकृत पियाले जानकारी दिनु भयो । 
बैशाख ३० मा हुने स्थानिय निकायको निर्वाचनका लागि बैशाख ११ र १२ गतेका लागि मनोनयनको समय निर्धारण गरिएको छ । जस अनुसार बैशाख ११ मा मनोनयन नपरेका स्थानिय निकायमा बैशाख १२ गते(आज) मनोनयन दर्ता हुने छ । 
सत्ता साझेदार दलहरु वीच चुनावी तालमेलका कारण उम्मेदवारहरुको टुङ्गो नलाग्दा केही स्थानिय निकायहरुमा पहिलो दिन मनोनयन नपरेको जिल्लाका राजनैतिक दलहरुले बताएका छन् । जिल्लामा ११ नगर प्रमुख,११ नगर उप प्रमुख,९ गाउँपालिका अध्यक्ष र ९ गाउँपालिका उपाअध्यक्षहरुका साथै २ सय वडाका वडा अध्यक्षहरु सहित खुल्ला वडा सदस्य,महिला सदस्य र महिला दलित सदस्यहरुका बैशाख ३० निर्वाचनबाट चुनिने छन् ।
जिल्लाका स्थानिय निकायका अधिकांश पदमा स्वातन्त्र उम्मेदवारहरुले समेत आफ्नोमनोनयन दर्ता गरेका पाइएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार