Close This

प्रधानन्यायधीशको राजिनामाको माग गर्दै सर्लाहीका कानुन व्यावसायीहरु पनि आन्दोलीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-२९ गते   ३१ पटक हेरिएको

सर्लाहीका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै जिल्ला अदालतमा हातमा कालोपट्टी बाँधेर धर्ना दिएका छन् । जिल्ला अदालत बार एसोसिएसन सर्लाहीको आयोजनामा कानुन व्यवसायीहरुले अदालतको मुल गेट अगाडी आज(सोमबार) १ घण्टा धर्ना दिएका हुन् ।
प्रधानन्यायाधीश जबराले वर्तमान न्यायपालिका भित्रको विकृति,विसंगति,विचौलिया, भ्रष्टाचार नियन्त्रण गर्न सुधारका लागि वाधक देखिएकोले उनको राजिनामाको माग गर्दै केन्द्रीय बार एसोसिएसनले गरेको  परिपत्र अनुसार कात्तिक २८,२९ र ३० गते तीन दिन १ घण्टा हातमा कालोपट्टी बाँधेर धर्नामा बसेको जिल्ला अदालत बार एसोसिएसन कार्यसमिति सर्लाहीका अध्यक्ष नरेश कुमार चौधरीले जानकारी दिनु भयो ।
 न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध हाम्रो अभियान जारी राख्ने, न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधिशले राजीनामा दिनुपर्ने आफुहरुको माग रहेको अध्यक्ष चौधरीले बताउनु भयो । उहाँका अनुसार भोली(मंगलबार)पनि जारी रहने उक्त धर्नामा ३ दर्जन भन्दाबढी कानुन व्यवसायीहरुको सहभागीता रहेको छ । प्रधानन्यायाधीश जबराले न्यायलयलाई आफ्नो विर्ता बनाउन खोजेका कारण आफुहरु आन्दोलीत हुनु परेको उनिहरुको भनाई छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech