जनताको सेवक भएर काम गर्ने माओवादी केन्द्रबाट दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरुको प्रतिबद्धता

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-२७ गते   ११११ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र)ले स्थानीय निकायका निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको सेवक भएर काम गर्न निर्देशन गरेको छ । काठमाडौंमा दुई दिन सम्म चलेको अभिमुखीकरण कार्यक्रममा पार्टीका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)ले माओवादी केन्द्रबाट निर्वाचित स्थानिय निकायका जनप्रतिनिधिहरुलाई जनताको सेवक भएर काम गर्न निर्देशन दिनु भएको हो । ‘हामीले दोस्रो पटकका लागि निर्वाचित केही जनप्रतिनिधिसँग भेट ग¥यौं । र उनीहरुले अघिल्लो कार्यकालमा गरेको काम र दोहोरिन सफल हुनुको कारण र यो कार्यकालको योजना लगायतका विषयमा काुराकानी गरेका थियौं ।’ अध्यक्ष प्रचण्डले बताउनु भयो । उहाँले पहिलो कार्यकाल सफल रुपमा सम्पन्न गरेका कारण दोस्रो कार्यकालका लागि जनताले विश्वास गरेर मत दिई विजयी बनाएका बताउँदै दोस्रो कार्यकाल पनि जनताको सेवक भएर काम गर्न निर्देशन दिनुभयो ।
माओवादी केन्द्रबाट को को कहाँ कहाँ दोहोरिय ?
स्थानिय निकायको निर्वाचन २०७४ मा सर्लाहीको बागमती नगरपालिकामा नगर प्रमुखमा निर्वाचित हुनु भएका भरत कुमार थापा स्थानिय निकायको निर्वाचन २०७९ मा पनि बागमती नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित हुनु भएको भ्रष्ट्राचार गर्नु र गर्न दिनु हुँदैन भन्ने शिद्धान्तमा सति साल झैँ उभिनु भएका नगर प्रमुख थापाले आफुहरु जनताका मालिक नभएर नोकर भएको बताउनु भयो ।
‘आफ्नालाई विश्वास गर्ने बानी गर्नुपर्छ र विपक्षीलाई माया गर्नुपर्छ । हामीले गाउँलाई सहर बनाउने नीति लियौं र हाम्रो नगरमा भएका सबै गरीब र झुपडीमा बसोबास गर्ने जनतालाई धनी कसरी बनाउन सकिन्छ भन्ने सोचेर काम ग¥यौं भने जनताको मन जित्छौं ।’कमलामाई मिडिया प्रा.लिलाई बताउनु भयो । काठमाण्डौँको दुई दिने अन्र्तक्रिया सकेर जिल्ला फर्किनु भएका नगर प्रमुख थापाले आफ्नो नगरमा महिला र पुरुषबीच विभेद थियो, त्यसैले हामीले सुत्केरी भत्ता वितरण ग¥यौं । छोरा र छोरीमा विभेद नहोस् भनेर हामीले छोरी पाउनेलाई रु ५ हजार, छोरा पाउनेलाई रु ३ हजार सुत्केरी स्याहार खर्च दियौं ।’ बताउनु भयो ।
म निर्वाचित हुँदा २४ वटा सामुदायिक विद्यालय थिए । करिब २ हजार ५ सय विद्यार्थी थिए । तर, हामीले शिक्षा ऐन कडाइका साथ जारी ग¥यौं–सबै जनप्रतिनिधिहरु र कर्माचारीहरुले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पठन पाठन गराउनुपर्ने ,सामुदायिक विद्यालयको शिक्षामा गुणस्तरीयता प्रदान गर्ने ऐन जारी गरेपछि अहिले हाम्रो सामुदायिक विद्यालयमा भर्ना रोक्नुपर्ने अवस्था सृजना भएको छ । हामीले रोग लाग्नु भन्दा रोग लाग्न नदिने कार्यक्रमको सुरुवात गरेका छौं । हामीले एक वडा, एक खेल मैदान भनेर काम अघि बढाएका छौं । हामीले उत्पादन सँगसँगै व्यवस्थापन र व्यवस्थापन सँगसँगै बजारीकरणमा जोड दिएका छौं ।
जति पनि पूर्वाधारका काम गर्छौं, जनतासँग जोडेर गर्ने हो भने आफैं सुशासन हुने रहेछ । उपभोक्ता समिति निर्माण गर्दा यो हाम्रो पार्टीको, यो अर्को पार्टीको भन्नु हुँदैन । समाजमा रहेका, समाजले चुनेका मान्छेलाई उपभोक्ता समितिमा जोडेर काम गरियो भने सबैलाई सुशासन सम्बन्धी ज्ञान हुन्छ ।
हामीले यो पालिका मेरो घर हो, घर जसरी चलाउँछु, त्यसरी अगाडि बढ्छु भन्ने सोच बनाउनुपर्छ । संसारमा जसले नयाँ र राम्रो काम गर्छ, जसले नयाँपन दिनसक्छ, उसैलाई चिन्ने नगर प्रमुख थापाले बताउनुभयो ।
भरतपुर महानगरपालिका चितवनमा पनि रेनु दाहाल दोस्रो कार्यकालका लागि नगर प्रमुख पदमा निर्वाचित हुनु भएको छ । त्यसैगरी डडेलधुराको अजयमेयरु गाउँपालिकाको अध्यक्षमा पनि उमेशप्रसाद भट्ट दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ ।
गुल्मीको धुर्कोट गाउँपालिकामा अध्यक्ष पदमा भुपाल पोखरेल दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ । सल्यानको दार्मा गाउँपालिकामा निमबहादुर केसीदोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा असिम राई दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । त्यसैगरी काभ्रेको महाभारत गाउँपालिकामा कान्छाराम जिम्बा दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech